२०८१ साउन ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशबुटवलमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु

बुटवलमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु


बुटवल-कोरोना संक्रमणबाट बुटवलमा थप एक जनाको मृत्यु भएको छ । कपिलवस्तु मायादेवीका ४० बर्षीय पुरुषको शनिबार बिहान ८ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेसु राजेन्द्र खनालले जनाकारी दिए ।

लुम्बिनी प्रादेशिक अस्पताल अस्थायी कोरोना विशेष अस्पताल धागो कारखाना बुटवलमा उपचाररत पुरुष तीन दिनअघि अस्पतालमा भर्ना भएका थिए । उनको फोक्सोमा समस्या देखिएको र आईसीयुमा राखेर उपचार भैरहेको थियो ।

शंकास्पद कोरोना संक्रमित भएकाले उनको अस्पतालको आइसोलेसनमा उपचार सुरु भएको थियो । शनिबार विहान उनको रिपोर्टमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको डा. खनालले बताए । उनलाई अस्पतालले बचाउनका लागि अक्सिजन सपोर्ट, इमर्जेन्सी औषधि चलाएपनि बचाउन डा. खनालले बताए ।

उपचारका लागि ल्याउँदा नै फोक्सोमा संक्रमण देखिएको र गम्भीर अवस्था मै अस्पतालमा आएका उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ