२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशरुपन्देहीको तिलोत्तमामा पूर्ण लकडाउन, साइकल समेत चलाउन नपाइने

रुपन्देहीको तिलोत्तमामा पूर्ण लकडाउन, साइकल समेत चलाउन नपाइने


बुटवल—कोरोना संक्रमण समुदायस्तरमा फैलिएको निष्कर्षसहित रुपन्देहीको तिलोत्तमा नगरपालिकाले एक हप्ता पूर्ण लकडाउन गर्ने निर्णय गरेको छ । लकडाउनको अवधिमा साइकलसमेत चलाउन नपाइने भएको छ । बुधबार साँझ ७ बजेदेखि एक हप्ता पूर्ण लकडाउन गर्ने निर्णय भएको नगरपालिका प्रवक्ता सुरेन्द्र श्रीले जनाकारी दिए ।

संक्रमण समुदायस्तरमा तीव्र रुपमा बढ्दै गएपछि नगरको कोरोना संक्रमण रोकथाम तथा संकट व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले बुधवार ७ बजेदेखि भदौं १० गते साँझ ७ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

लकडाउनको अवधिमा पसल व्यवसाय, उद्योगधन्दा, कलकारखाना, निर्माण कार्य, बैंक, वित्तीय संस्था, सहकारी, सरकारी तथा गैरसरकारी संस्थाका कार्यालय, सम्पूर्ण सवारी साधन पूर्णतः बन्द गर्ने निर्णय नगरको सीसीएमसी बैठकले गरेको हो। लकडाउन अवधिमा दुग्ध डेरी÷डिपो बिहान ६ देखि ८ बजेसम्म मात्र खुल्ने छन् ।

लकडाउनले कोरोना संक्रमण नियन्त्रण हुनेमा नगरपालिका आशावादी रहेको र नियम पूर्ण रुपमा पालना गर्न नगरप्रमुख बासुदेव घिमिरेले आव्हान समेत गरेका छन् ।

यसअघि बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका, सैनामैनालगायतले लकडाउन घोषणा गरिसकेका छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ