२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशरुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु


बुटवल—रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । घरको छतबाट खसेर गम्भीर घाइते भएका गैडहवा गाउपालिका—३ निवासी ५० वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको हो ।

भैरहवा मेडिकल कलेजमा शल्यक्रिया गर्ने क्रममा कोरोना पोजेटिभ देखिएपछि उनलाई भैरहवास्थित भिम अस्पतालमा रिफर गरिएको थियो । भिम अस्पतालले जनशक्ति नभएको भन्दै अन्यत्र लैजान भने पनि परिवारले भिम अस्पतालमै उपचार गराउने भन्दै भर्ना गरेका थिए ।

घाइते अवस्थामा भैरहवा मेडिकल कलेजमा उपचारकै क्रममा भदौ ५ गते कोरोना संक्रमण देखिएपछि उनलाई सोमबार कोभिड विशेष अस्पतालको रुपमा रहेको भिम अस्पतालमा रिफर गरिएको थियो ।

यो सँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ६ पुगेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ