२०८१ असार २, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशबुटवलमा थप एक जना कोरोना संक्रमितको मृत्यु

बुटवलमा थप एक जना कोरोना संक्रमितको मृत्यु


बुटवल—लुम्बिनी प्रादेशिक अस्पताल कोरोना आइसोलेसन शाखा धागो कारखाना बुटवलमा थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

तिलोत्तमा ४ का ६० वर्षीय पुरुषको शुक्रबार विहान मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले जानकारी दिए ।

गम्भीर अवस्थामा भेन्टिलेटरको सहायतामा उपचाररत संक्रमित पुरुषको विहान साढे २ बजे मृत्यु भएको उनले बताए ।

यही भदौ ७ गते अस्पतालमा भर्ना भएका उनमा उच्च रक्तचापको समस्या थियो ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ