२०८१ साउन १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशलुम्बिनी प्रादेशिक अस्पतालमा थप एक संक्रमित गर्भवतीको सफल शल्यक्रिया

लुम्बिनी प्रादेशिक अस्पतालमा थप एक संक्रमित गर्भवतीको सफल शल्यक्रिया


बुटवल—लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थप एकजना कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका सर्जन डा. विष्णु गौतमको नेतृत्वमा बिहिबार भएको शल्यक्रियाबाट अर्घाखाँची मालारानी गाउँपालिकाकी २२ वर्षीया महिलाले बच्चा जन्माएकी हुन् ।

यसअघि पनि रुपन्देही सिद्धार्थनगरकी २२ वर्षीया संक्रमित महिलाले शल्यक्रियाबाट बच्चा जन्माएकी थिइन् ।

अस्पतालका सूचना अधिकारीसमेत रहेका डा.गौतमले बच्चा जन्मिएको र आमाबच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।
उनकाअनुसार आमा र बच्चाको पिसिआर नेगेटिभ आएपछि डिस्चार्ज गरिने छ । अप्रेशनबाट जन्मिएको बच्चाको तौल ४ केजी रहेको र स्वास्थ्य राम्रो रहेको उनले बताए ।

योसँगै लुम्बिनी प्रादेशिक अस्पतालमा २ जनाको गर्भवती महिलाको अप्रेशन भएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ