२०८१ असार २, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशप्रदेश ५ का चार वटा अस्पतालमा ५८३ कर्मचारी थपिने, झण्डै ४ करोड बजेट

प्रदेश ५ का चार वटा अस्पतालमा ५८३ कर्मचारी थपिने, झण्डै ४ करोड बजेट


बुटवल—प्रदेश ५ सरकारले प्रदेशभित्रका चार वटा कोरोना विशेष अस्पतालका लागि जनशक्ति र बजेट थप गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले चार वटा कोरोना विशेष अस्पतालका लागि ३ करोड ९६ लाख ३२ हजार रुपैयाँ बजेट र ५ सय ८३ जना कर्मचारी थप्ने निर्णय गरेको हो ।

करारमा नियुक्त भएकाहरुको करार अवधि थप ३ महिना थप गर्ने तथा आवश्यक जनशक्तिलाई करारमा भर्ना गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले जनाकारी दिए ।

करार नियुक्त हुने स्वास्थयकर्मी तथा कर्मचारीले प्रचलित नियमअनुसार नै सेवा सुविधा पाउने गरी बजेट स्वीकृत भएको छ ।

कहाँ कति ?

प्रदेश ५ कै पुरानो अस्पताल लुम्बिनी प्रादेशिक अस्पताल मातहतको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालका लागि प्रदेश सरकारले १ सय ८९ जनशक्ति थप गर्नेछ । अब यस अस्पतालमा ७४ वटा बेड थप हुने भएका छन् ।

जसमध्ये आईसीयु १८, एचडी बेड २०, आइसोलेन बेड ३६ गरी ७४ बेड थपिनेछन् । जसका लागि एक करोड ७५ लाख ११ हजार ९ सय बजेट स्वीकृत भएको छ ।
त्यस्तै, भैरहवाको भीम अस्पतालमा ७१ जना जनशक्ति थप हुने भएको छ । भीम अस्पतालमा आईसीयु ५, एचडी बेड १३, आइसोलेसन ९ गरी २७ बेड थप हुने छन् । जसका लागि ६४ लाख ४७ हजार ९ सय रुपैयाँ बजेट निकासा गर्ने निर्णय भएको छ ।

उता दाङको बेलझुण्डीस्थित आयुर्वेद अध्ययन संस्थानमा सञ्चालित कोरोना अस्पतालमा १ सय ७१ जनशक्ति थप हुनेछन् । बेलझुण्डीमा आईसीयु १०, एचडी बेड १७ र आइसोलेसन बेड ५८ गरी ८५ बेड हुनेछन् । जसका लागि एक करोड ५६ लाख ७२ हजार ३ सय रुपैयाँ स्वीकृत भएको छ ।

भेरी अस्पताल बाँकेमा १ सय ५२ जना जनशक्ति थप हुने भएका छन् । आईसीयु १०, एचडी बेड ३० र आइसोलेसन बेड २० गरी ६० बेड थप हुनेछन् । जसका लागि प्रदेश सरकारले एक करोड ४० लाख ७२ हजार ६ सय रुपैयाँ निकासा गरेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ