२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशदुर्घटनाका घाइते कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यु

दुर्घटनाका घाइते कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यु


बुटवल—टिप्पर दुर्घटनाबाट गम्भीर घाइते भएका अर्घाखाँचीका एकजना कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यु भएको छ । गत साउन २७ गते टिप्पर दुर्घटनामा परी घाइते भएका उनी युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवामा भर्ना भएका थिए ।

उनको स्वाव परीक्षण गर्दा ५ भदौंमा कोरोना पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएपछि भैरहवास्थित भिम अस्पताल पठाइएकोमा भिम अस्पतालले ९ भदौंमा कोहलपुर रेफर गरेको थियो । उनी ११ भदौंमा मात्र नेपालगंज अस्पताल पुगेको बताइएको छ ।

अर्घाखाँची सितगंगा १२ का ४२ वर्षीय ती पुरुषको मंगलबार विहान मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले बताए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ