२०८१ असार ९, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशगुल्मी अस्पतालमा एक युवतीको अन्डाशयबाट एक केजीको ट्युमर निकालियो

गुल्मी अस्पतालमा एक युवतीको अन्डाशयबाट एक केजीको ट्युमर निकालियो


बुटवल – प्रदेश ५ को पहाडी जिल्ला गुल्मी जिल्ला अस्पतालमा एक युवतीको अन्डाशयमा रहेको झन्डै एक केजीको ट्युमर अप्रेशन गरी निकालिएको छ । झन्डै ७० मिनेटसम्मको जटिल अप्रेशन गरी करिब  १ केजीको ट्युमर निकाल्न सफल भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. उत्तम पाच्यले बताए ।

हेल्थ आवजसँग कुरा गर्दै डा. पाच्यले भने, ‘कोभिड-१९ महामारी विरुद्धको लडाइसँगै एउटा चुनौतीपूर्ण अप्रेशन गर्न सफल भएका छौँ । यो यस क्षेत्रका लागि सुखद खबर पनि हो ।’

उनका अनुसार गुल्मीको मुसिकोट की २० वर्षीया ती युवतीको अन्डादानीमा रहेको औषत २० सेन्टिमिटर लम्बाई र १० सेन्टिमिटर चौडाइ भएको भन्दै एक केजीको ठुलो ट्युमर निकालिएको हो । यस प्रकारका केसहरु अपवादमा मात्र आउने उनको भनाइ छ ।

डा. पाच्यको नेतृत्वमा डा. सुस्मा थपलीया, सुनिता तामाङ, रेखा बस्नेत, रोस्मी रानालगाएतको टिमले अप्रेशन गर्न सफल भएको हो । स्वास्थयमा सुधार भए पछि ती युवती अस्पतालले शुक्रबार मात्रै डिस्चार्ज गरेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ