२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशरुपन्देहीमा ७० करोड लगानीमा बनेको नयाँ भवनबाट सिद्धार्थनगर सिटी हस्पिटल सञ्चालन हुने

रुपन्देहीमा ७० करोड लगानीमा बनेको नयाँ भवनबाट सिद्धार्थनगर सिटी हस्पिटल सञ्चालन हुने


रुपन्देही—लामो समयदेखि सञ्चालनमा रहेको सिद्धार्थनगर सिटी हस्पिटलले लुम्बिनी रोडमा आफ्नै जग्गामा ५५ हजार वर्ग फिट बनेको ६ फ्लोरको भवनमा अस्पताल सञ्चालनमा ल्याउने भएको छ । रुपन्देहीमा ठूलो लगानीमा बनेको १०० शैय्याको उक्त हस्पिटल पुसदेखि नयाँ भवनबाट सञ्चालनमा ल्याउने तयारी छ ।

नेपाल सरकारको मापदण्डअनुरुप सञ्चालनमा आउन लागेको हस्पिटलको प्रोजेक्टलागत झण्डै ७० करोड रहेको अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेल जानकारी दिए । ‘भूकम्पमा पनि क्षति नपुग्ने गरी भवन अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाइएको छ,’ उनले भने, ‘अस्पतालमा बिरामीहरुलाई स्टेचरमा गुडाएर लाने ¥याम्प र एकै पटकमा २ वटा स्टेचरको बिरामी लैजाने सक्ने ठूलो विद्युतीय लिफ्ट छ ।’

अस्पतालमा लाइट र भेन्टिलेसनसहितका वार्डहरु रहनेछन् । सेवा लिन आउने बिरामीहरुलाई छिटो, छरिताे सेवा दिनका लागि प्रत्येक विभागलाई डिजिटलाइज्ड गरिनेछ । पेपर वर्क र कागजी प्रक्रिया कम गरिने अस्पतालमा प्रबन्ध निर्देशक पौडेलले बताए ।

अस्पतालका अध्यक्ष तथा मिर्गौला रोग विशेषज्ञ डा. सुबोधकुमार पाण्डेले यो क्षेत्रमा धेरै आकस्मिक बिरामीहरु आउने हुँदा १५ शैय्याको आकस्मिक कक्षमा अति सिकिस्त, सिकिस्त र सामान्य गरी ३ किसिमको वर्गीकरण गरेर सेवा दिने तयारी रहेको जानकारी दिए । उनकाअनुसार अस्पतालमा ३ वटा मोडुलर अत्याधुनिक अपरेशन थिएटर सञ्चालन हुनेछन् ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. अमित चतुर्वेदीकाअनुसार ५ करोड बराबरको लागतमा अत्यन्त एडभान्स ६४ स्लाइस सिटी स्क्यान रहने उनले बताए । मुटुका बिरामीहरुलाई सेवा दिनका लागि जर्मनमा निर्मित मेसिनद्वारा इको, टीएमटी, हल्टर मोडुलर सीसीयु सञ्चालन हुनेछ ।

मोडुलर ओ.टी मा न्युरो, हाड जोर्नी, सामान्य सर्जरी, महिला सम्बन्धी सम्पूर्ण अपरेशन हुनेछन् । मोडुलर आई.सी.यु जर्मनमा निर्मित स्तरीय भेन्टिलेटर तथा मोनिटर रहने छ । बिरामीको सहजताका लागि घरायसी वातावरण भएको वातानुकुलीत सुविधा सम्पन्न क्याविनहरु उनले बताए ।

हस्पिटल नजिकै अन्तर्राष्ट्रिय एयरपोर्ट र पर्यटकीय गन्तव्य लुम्बिनी भएको हुँदा विदेशी पाहुनाहरुको सहजताको लागि १८०० स्क्वायर फिटको अन्तर्राष्ट्रिय कम्प्लेक्स रहेको छ । जसमा ओ.पि.डी., अब्जरबेसन वेड र २ वटा होटल जस्तै स्वीट रुम क्याबिन रहेको छ । यस अस्पताल स्थानीयस्तरका ख्यातिप्राप्त केही डाक्टरहरु र अनुभव भएको काठमाडौंका ख्याती प्राप्त अस्पतालका डाक्टरहरुबाट विशेष किसिमको सेवा सञ्चालन गरिनेछ ।

अस्पतालबाट प्युठान, अर्घाखाँची, गुल्मी, पाल्पा पहाडी क्षेत्र, कपिलवस्तु, नवलपरासी, रुपन्देही र भारतीय सीमा क्षेत्रका बिरामीहरु लाभान्वित हुनेछन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ