२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशबुटवलमा विगत तीन दिनदेखि सिनियर अहेब बेपत्ता

बुटवलमा विगत तीन दिनदेखि सिनियर अहेब बेपत्ता

खोजी कार्य जारी, नहर छेउमा मोटरसाइकल भेटियो


बुटवल—बुटवलमा विगत तीन दिनदेखि सिनियर अहेब बेपत्ता भएका छन् । मोतीपुर प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेब विष्णुप्रसाद नेपाल बिहिबारदेखि बेपत्ता रहेको पारिवारिक स्रोतले जनाएको छ ।

परिवारले खोजी गरी दिन प्रहरीमा उजुरी दिएको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

उनको मोटरसाइकल भने प्रहरीले बुटवल उपमहानगरपालिका–६ स्थित नहरको छेउमा फेला पारेको छ । नहरमा पानीको बहाब उच्च रहेकाले उनी सोही नहरमा खसेको हुन सक्ने आशंकामा प्रहरीले शनिबार नहरको पानी बन्द गरेर दिनभर खोजी गरेको थियो ।

आइतबार पनि खोजी गर्न टोली गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक प्रविन पोखरेलले जानकारी दिए । ‘प्रारम्भिक अनुसन्धानमा उहाँको मोटर साइकलको अघिल्लो टायरमा पानी देखिएको छ । त्यसैले हामी त्यही केन्द्रित भएका छौं,’ उनले भने ।

नहरमा दलदल अत्याधिक रहेकाले सहयोगका लागि नेपाली सेनालाई समेत आग्रह गरेको उनले बताए ।

नेपाल गत बिहीबार राती बुटवल उपमहानगरपालिका–९ स्थित होटल पार्क प्लाजाबाट लु २० प ४०६७ नं. को मोटरसाइकलमा निस्केकोमा घर नफर्केपछि परिवारले खोजी गरिदिन प्रहरीमा निवेदन दिएका थिए ।

सुद्धोधन गाउँपालिका–४ का ४४ वर्षीय नेपाल सोही ठाउँमा रहेको भावना मेडिकल हलका सञ्चालक समेत हुन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ