२०८३ असोज १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ बुटवलमा थप दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु

बुटवलमा थप दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु


बुटवल—लुम्बिनी प्रादेशिक अस्पताल कोरोना आइसोलेसन शाखा बुटवलमा उपचाररत दुई जना संक्रमितको मृत्यु भएको छ । बिहिबार विहान नवलपरासी पश्चिम र कपिलवस्तुका दुई पुरुष संक्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

उनीहरु दुवैजनाको विगत एक हप्तादेखि उपचाररत थिए । उनीहरु दुवैको भेन्टिलेटरको सहायतामा उपचार भैरहेको थियो ।

गत भदौ २७ गते अस्पताल भर्ना भएका नवलपरासी पश्चिमको रामग्राम—३ का ४९ वर्षीय पुरुषको बिहीबार बिहान ४ बजे मृत्यु भएको हो भने असोज १ गते अस्पताल भर्ना भएका कपिलवस्तु बुद्धभूमि नगरपालिका–६ का ५० वर्षीय पुरुषको बिहान ७ बजे मृत्यु भएको हो ।

मृतक दुवै मधुमेह, कलेजो समस्या र मिर्गौलाको दीर्घ रोगबाट पीडित रहेको प्रवक्ता डा. गौतमले बताए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ