२०८१ असार १०, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २धनुषामा ६ वर्षे बालकको संक्रमणबाट मृत्यु

धनुषामा ६ वर्षे बालकको संक्रमणबाट मृत्यु


जनकपुर – धनुषामा बालकको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।  धनुषाको शहिदनगर नगरपालिका वडा नं. ६ हडबारा बस्ने ६ वर्षिय बालकको कोरोना संक्रमबाट मृत्यु भएको जिल्ला प्रशासन कार्यालय धनुषाका अधिकृत गणेश मिश्रले जानकारी दिएका हुन्।

गत असोज १५ गते उनको विराटनगरस्थित विराट टचिङग हस्पिटलमा मृत्यु भएको अधिकृत मिश्रले बताए । गत असोज ६ गते निमोनिया भएर उनलाई उपचारको लागि विराटनगर रेफर गरिएको थियो । सो क्रममा उनको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो  ।

उनको कोरोनाबाट मृत्यू भएपछि महेन्द्रनगर स्थित रहेको श्री गणबाट खटेको कोभिड-१९ शव व्यवस्थापन टिमले उनको शवलाई शहिदनगर नगरपालिका वडा नं. ६ स्थित रहेको बर्बटा पोखरी नजिकै व्यवस्थापन गरिदिएको हो ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ