२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २सगरमाथा चौधरी आँखा अस्पताल लहानको शाखा अब धनुषाधाममा

सगरमाथा चौधरी आँखा अस्पताल लहानको शाखा अब धनुषाधाममा


जनकपुर – सगरमाथा चौधरी आँखा अस्पताल लहानको शाखा धनुषाको धनुषाधाम बजारमा स्थापना गरिएको छ । एक कार्यक्रमबीच धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले सो शाखा अस्पतालको उदघाटन गरेका हुन्।

बिहिबार विश्व दृष्टि दिवसको उपलक्ष्यमा आँखा तथा कान उपचार केन्द्र, नेपाल नेत्र ज्योति संघ, सागरमाथा चौधरी आँखा अस्पतालको शाखा कार्यालय प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापना गरिएको हो ।

धनुषाधाम नगरपालिका ३ धनुषाधाम बजारमै रहेको प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा आँखा अस्पतालको शाखा स्थापना गरिएको हो । सो क्रममा मेयर मण्डलले स्वास्थ्य क्षेत्रका लागी मुख्य अंग मानिने आँखा र कानको लागि विभिन्न समयमा उपयुक्त सेवा नपाएर सिरहाको लहानसम्म जानुपर्ने बाध्यता हटने बताए ।

आँखा अस्पतालको सुबिधायुक्त उपचार र सेवा सुविधाका लागी बिशेष प्राथमिकता राखी सागरमाथा चौधरी आँखा अस्पताल लहान संग समन्वय गरी शाखा कार्यालय स्थापना गर्न सफल भएको भन्दै मेयर मण्डलले शाखाबाट छिमेकी स्थानीय तह (पालिका) का बासिन्दा समेत लाभान्वित हुने दाबी गरे ।

कार्यक्रममा सागरमाथा चौधरी आँखा अस्पताल लहानका अध्यक्ष रविन्द्र लाल चौधरी , मेडिकल सुपरिटेन्डेन्ट डा.संजय कुमार सिहं लगायत अस्पतालका टोलिलाई नगर उपप्रमुख विध्या देवि भुजेल अबिर दोसल्लाले सम्मान समेत गरेका छन् ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ