२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशबुटवलमा एकै रातमा तीन जनाको मृत्यु, आईसीयु अभावमा ज्यान गुमाउँदैंछन् कोभिड-१९ का बिरामी

बुटवलमा एकै रातमा तीन जनाको मृत्यु, आईसीयु अभावमा ज्यान गुमाउँदैंछन् कोभिड-१९ का बिरामी


बुटवल—बुटवलमा कारोना संक्रमित तीन जनाको मृत्यु भएको छ । संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढी रहेका बेला बुटवलमा एकै रातमा तीन जना संक्रमितको मृत्युले थप जटिलता थपेको विज्ञहरुको बुझाइ छ ।

लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसन शाखामा दुई जनाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । अर्का एक जनाको भने अस्पतालले रेफर गरेका कारण दाङ्ग लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

गत असोज २२ कोरोना पुष्टि भएर २४ गते देखि कोरोना विशेष अस्पतालमा भर्ना रहेका ७० वर्षीय पुरुष र बुटवल ११ की ६१ वर्षीया महिलाको शनिबार राति मत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । महिलामा गत असोज २१ गते कोरोना पुष्टि भएर कोरोना बिशेष अस्पतालमा भर्ना भएकी थिइन् ।

आईसीयु बेड अभावमा ज्यान गयो

रुपन्देहीमा आईसीयु सुविधासहितको वेड अभाव देखिएको छ । आईसीयु वेड खाली नहुँदा बुटवल—११ का ८४ वर्षीय पुरुषले ज्यान गुमाएका छन् । रुपन्देहीमा रहेका आईसीयु वेड कोभिड—१९ का बिरामीले भरिएका छन् ।

रुपन्देहीको कुनै पनि कोरोना अस्पतालमा आईसीयू बेड खाली नहुँदा रेफर गर्नु परेको अस्पतालले जनाएको छ । शनिबार स्वास्थ्यमा समस्या देखिएर लुम्बिनी प्रादेशिक अस्पताल पुगेका उनको शनिबार नै कोरोना पुष्टि भएको थियो ।

बिरामीको अवस्था जटिल रहेकाले लुम्बिनी अस्पतालले आईसीयु अनिवार्य भएपछि दाङ रेफर गरेकोमा धानखोला पुग्दा उनको मृत्यु भएको थियो ।

गयराति भएको मृत्युसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ