२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशराजधानी र नाम घोषणामा भएको पेलापेलको परिणाम : कोरोना ‘हटस्पट’ बन्यो लुम्बिनी प्रदेशसभा

राजधानी र नाम घोषणामा भएको पेलापेलको परिणाम : कोरोना ‘हटस्पट’ बन्यो लुम्बिनी प्रदेशसभा


बुटवल—प्रदेशसभाबाट प्रदेशको नामाकरण र राजधानी घोषणाका क्रममा भएको भिडभाडले लुम्बिनी प्रदेशसभा कोरोना संक्रमणको ‘हटस्पट’ बनेको छ ।

प्रदेशसभामा नामाकरण र राजधानी सम्बन्धमा प्रस्ताव पेश गर्ने क्रममा भएको पेलापेलको नतिजा स्वरुप प्रदेशसभाका अधिकांशमा कोरोना संक्रमण देखिएको हो । संक्रमित हुनेमा प्रदेशसभाका सभामुख, उपसभामुख प्रदेश सरकारका मन्त्रीदेखि समिति सभापतिहरु, प्रदेशसभा सचिवालयका सचिव, लेखा अधिकृत, स्वास्थ्य निरीक्षक, मर्यादापालक र सचिवालयका कर्मचारीहरु समेत गरी ३५ जनाभन्दा बढी संक्रमित भएका छन् ।

यी मन्त्री, सभामुख, सांसद कोरोना संक्रमण पुष्टि हुनु तीन दिनअघिसम्म प्रदेशको नाम र राजधानीको प्रस्तावका सम्बन्धमा पटक—पटक दलका बैठकमा सहभागी थिए ।

प्रस्ताव पेश गर्ने क्रममा प्रदेशसभाको बैठकमा निकै बेर ‘पेलापेल’को स्थिति हुँदा सबै जनस्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन भएका थिए । प्रतिपक्षी सांसदहरु पनि जनस्वास्थ्य स्वास्थ्य मापदण्डको ख्यालै नगरी रोष्टम घेराउ र नाराबाजीमा उत्रदा परिणाम यस्तो आएको एक सांसदले बताए ।

राजधनीका सम्बन्धमा लगातार बुटवलमा भएको प्रदर्शनले पनि संक्रमण बढाएको विज्ञहरुको बुझाइ छ । आन्दोलनमा संवेदनशीलता नहुँदा भौतिक दूरी, मास्कको उचित प्रयोगजस्ता स्वास्थ्य मापदण्ड कायम भएका थिएन । जसका कारण रुपन्देहीमा संक्रमणको जोखिम उच्च भएको स्वास्थ्य अधिकारीहरु बताउँछन् । संक्रमित व्यक्तिहरुको कन्ट्याक टे«सिङ गर्दा संक्रमितको संख्या थप हुन सक्ने प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाका प्रमुख डा. राजेन्द्र गिरी बताउँछन् । पछिल्ला दिनहरुमा रुपन्देहीमा तीन अंकका दरले संक्रमितहरु थपिएका छन् । परीक्षणका लागि आउने स्वाव पनि निकै धेरै रहेको डा. गिरीले बताए ।

विगत लामो समयदेखि थाती रहेको नाम र राजधानीको बिषय गत असोज १६ गते सदनमा प्रवेश भएको थियो । प्रस्ताव पास गराउने गृहकार्यमा सरकार र प्रतिपक्ष दुवैले महामारीका बेला अपनाउनुपर्ने सामान्य स्वास्थ्य सुरक्षा मापदण्डको ख्याल नगर्दा समस्या सिर्जना भएको कतिपयको बुझाइ छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ