२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशलुम्बिनी प्रदेश अपडेट : २४ घण्टामा २ सय ९४ जनामा संक्रमण

लुम्बिनी प्रदेश अपडेट : २४ घण्टामा २ सय ९४ जनामा संक्रमण


बुटवल – पछिल्लो समय निरन्तर कोरोना संक्रमण बढिरहेको लुम्बिनी प्रदेशमा थप २ सय ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीका १ सय २९ जनामा संक्रमण देखिएको हो ।

योसँगै लुम्बिनी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १४ हजार ४ सय ५४ पुगेको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीका १ सय २९ जनामा संक्रमण देखिएको छ ।

पछिल्लो तथ्यांक अनुसार लुम्बिनी प्रदेशमा २ सय १५ पुरुष र ७९ महिला कोरोना भाइरसबाट संक्रमित भएका सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा.पुष्पराज पौडेलले बताए ।

लुम्बिनी प्रदेश अन्तर्गतका जिल्लाहरुमध्ये बिहीबार रुपन्देही जिल्लामा सबैभन्दा धेरै संक्रमित छन् । त्यसपछि पहाडी जिल्ला प्युठानमा ५२ जनामा संक्रमण देखिएको छ । त्यस्तै, दाङमा ४५ जना, नलवपरासी पश्चिममा ३१ जना, गुल्मीमा १५ जना, कपिलवस्तुमा १२ जना, पाल्पामा ९ जनामा र अर्घाखाँचीका ४ जनामा संक्रमण देखिएको छ ।

प्रदेशमा पछिल्लो २४ घण्टामा निको हुनेको संख्या भने ३ सय ११ रहेको छ । हालसम्म प्रदेशका १० हजार ६ सय ५१ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्कीएका पौडेलले बताए ।

प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय १२ पुगेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ