२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआमाको कोरोना युद्ध

आमाको कोरोना युद्ध


कोरोना कहरबीच नजिकिँदैं गरेको दशैं कसरी सुरक्षित रुपमा मनाउने भन्ने योजना बनाउन थालेका थियौं । म र मेरो श्रीमती दुवै चिकित्सक भएकाले ७६ वर्षीया आमाबाट टीका लगाउँदा आमालाई कोरोनाबाट कसरी जोगाउने भन्ने चिन्ता हामी दुवैमा थियो । त्यसैले टीकाको ठिक तीन दिन अघि कोरोना पीसीआर परीक्षण गराएँ जुन नेगेटिभ देखियो । श्रीमती सृजनाले चाहिँ अस्पतालमा कोरोनाको बिरामी हेर्ने भएपनि कुनै लक्षण नदेखिएकाले जाँच गराइनन् ।

यस वर्षको दशैंमा हामी तीन दाजुभाईका परिवारले आमासँग टीका ग्रहण ग¥र्यौं । टीकाको दिनमा पनि सुरक्षाका मापदण्ड अपनाई टीका लगायौं । कोरोनाकालमा अरू आफन्तको घरमा टीका थाप्न गएनौं ।

एकादशीको दिन बेलुकी आमाले फोन गरेर आफुलाई टाउको जिउ दुखेको कुरा भन्नुभयो । दशैंको जमरा पुजाको धपेडीले गर्दा होला भन्ने लाग्यो । तैपनि आमासँगै बस्नुभएको माहिला दाइलाई ज्वरो नाप्न भनेँ । दाइले आमालाई ज्वरो १००.८ डिग्री सेल्सियसभन्दा कतै आमालाई कोराना त भएन भन्ने शंका लाग्यो । फेरि, सोच्यौं घरबाट बाहिर ननिस्कीइ बसेकी आमालाई कसरी कोरोना हुन सक्ला र १ दाइलाई आमालाई प्यारासिटामोल खान दिनु ठिक हुनुपर्छ भन्यौं ।

भोलिपल्ट पनि आमाको ज्वरो १०० डिग्रीसम्म चढ्यो र आमाको अवस्था उस्तै रह्यो । आमाले नै द्धादशीको दिन फोन गरेर कोरोना टेष्ट गराइदेउ भन्न थाल्नुभयो । सामान्य लेखपढ गर्न जान्ने मात्र भएपनि समसामयिक अवस्थाको जानकारी लिने बानी हाम्रो आमामा छ । आमाको अवस्थामा पनि केही सुधार नभएकोले भोलिपल्ट घरैमा ल्याबको मान्छेलाई बोलाएर कोरोना जाँचका लागि स्वाब लगियो । बेलुकी आमाको रिपोर्ट पोजेटिभ देखियो । उमेरले ७६ नाघेका आमा त्यसमाथि पनि प्रेसर, डायबेटिज र छातीको हर्निया भएकोले आमामा कोरोनाले उग्र रुप लिने सम्भावना धेरै थियो । त्यसैले आमाको कोरोना रिपोर्ट पोजेटिभ देख्दा ओठ मुख नै सुकेको अनुभव गर्न थाल्यौ ।

दाइले आमाको अवस्था त्यस्तै रहेको जानकारी दिएपछि अलि दिनमा ठिकै होला नि जस्तो पनि लाग्यो । भोलि बिहानै प्लस ओक्सीमिटर (ओटु जाँच गर्ने) मेसिन लिएर आमालाई भेट्न दाइको घरमा जाने सल्लाह भयो ।

आमालाई कोरोना कसरी स¥यो त भन्ने पनि जिज्ञासा मनमा थियो । त्यसैले हामी तीन दाजुभाइका परिवारको कोरोना टेष्ट गराउने सल्लाह पनि भयो । जुन रिपोर्टपछि नेगेटिभ आयो । शनिबारको दिन बिहान प्लस ओक्सीमिटर लिएर बुढानिलकण्ठस्थित दाइको घरमा पुगेर आमाको शरीरमा अक्सिजनको मात्र हेर्दा ८२(८३ प्रतिशत देखायो । सामान्यतया स्वस्थ्य मान्छेको शरीरमा अक्सिजन मात्र ९६ प्रतिशतभन्दा माथि हुन्छ ।

कोरोनाका बिरामीहरुमा अक्सिजन मात्रा ९५ प्रतिशतभन्दा माथि राख्नु भनिन्छ । धेरै पटक जाँच गर्दा पनि एउटै रिडिङ आउँदा हामी ज्यादै आतियौं । अस्पताल भर्ना गर्न लग्नु पर्ने स्थिती देखियो । फेरि सोच्यांै अस्पतालमा पनि गरिने पहिलो उपचार त अक्सिजन नै दिने हो । अस्पतालमा पनि कोरोनाको उपचार घर र आफन्तको बीच बसेको जस्तो स्नेहपूर्ण वातावरणमा स्याहार—सुसार र उपचार नहुने अनुभव हामीले घरमै अक्सिजन दिएर राख्ने निर्णय गर्याै ।

अक्सिजन दिँदा आमाको शरीरमा अक्सिजन मात्रा ९३५ देखियो । दुई दिनसम्म यहि क्रममा उपचार गरियो । यसबीचमा घरमा सबै सुरक्षित रहेर आमाको उपचार कसरी गर्ने भन्ने बन्दोबस्त मिलाउन थाल्यौ । ठूलो सिलिन्डरको अक्सिजन चौबिस घण्टामै सकियो । आमालाई केहीदिन अक्सिजन लगाउनु पर्ने सजिलै अनुमान गर्न सकिन्थ्यो र प्रत्येक दिन १०० केजी को अक्सिजन सिलिन्डर ल्याउन÷लग्नु पनि निकै गाह्रो काम थियो । त्यसैले अक्सिजन कन्सेन्ट्रेटरको व्यवस्था गर्न तिर लाग्यौं । अक्सिजन कन्सेन्ट्रेटरको लागि प्रेम दाईलाई सम्झँे । प्रेम दाईले झण्डै १० वर्ष अगाडी आफ्नो आमा बुबाको लागि अक्सिजन कन्सेन्ट्रेटर किन्नु भएको कुरा मलाई जानकारी थियो । ३ वर्ष अघि उहाँकी आमाको निधन पछि त्यो थन्किएको थियो । त्यसै उहाँलाई झट्टै फोन थिचिहालेँ । तर त्यो अक्सिजन कन्सेन्ट्रेटरको तार मुसाले काटेर काम नगर्ने भएको रहेछ ।

अक्सिजन कन्सेन्ट्रेटर किन्न पाइन्छ कि भनेर १–२ ठाउँमा फोन गरेँ । तर बजारमा अक्सिजन कन्सेन्ट्रेटरको अभाव भएको जवाफ पाएँ ।
अब त्यही प्रेम दाइको घरमा भएको अक्सिजन कन्सेन्ट्रेटलाई बनाएर अक्सिजन सिलिन्डर बोक्ने झन्झटबाट छुट्कारा पाउने अन्तिम उपाय थियो । त्यसैले इलेक्ट्रिसियनलाई त्यही कन्सेन्ट्रेटर बनाउन लगायौं र भाग्यवश तार फेरेपछि मेशिन चल्न थाल्यो । मेशिन त चल्यो तर यसले गर्नु पर्ने हावामा भएको अक्सिजन लाई एकत्र गर्ने काम गर्छ कि गर्दैन भन्ने प्रश्न रहिरह्यो । त्यसैले त्यो मेसिन जुन अक्सिजन सिलिन्डर भन्दा धेरै कम वजनको छ, त्यसलाई हामीले शिक्षण अस्पतालको वायोमेडिकल इन्जिनियर राजेश भाईलाई जाँच गर्न लगायौं । उनले त्यो मेशिनले ८०५ अक्सिजन एकत्र गर्न सक्ने जानकारी दिँदा ठूलो राहतको महसुस गर्यौं ।

अक्सिजन नै कोभिडका बिरामीहरुको सबैभन्दा प्रभावकारी औषधी हो र कन्सेन्ट्रेटर मेसिनले अब घरमा निरन्तर अक्सिजन को आपूर्तिले आमालाई चाँडै आराम हुने कुरामा केही विश्वस्त भयौं । अक्सिजन कन्सेन्ट्रेटरको माध्यमबाट आमालाई अक्सिजन लगाउन थालियो । अक्सिजन कन्सेन्ट्रेटरमा अत्याधिक मात्रामा अक्सिजन दिँदा आमाको शरीरमा अक्सिजन को मात्र ९२(९३५ हुन्थ्यो । त्यसपछिका दुई दिनमा पनि आमा अवस्थामा केहि सुधार भएन ।

कोभिडको लक्षण देखिएको १ हप्ता भइसकेको थियो । त्यसैले रगत जाँच गर्ने विचार गरेँ जसबाट आमाको शरीरमा यो भाइरसले के कती असर गरेको छ भन्ने जानकारी हुन सक्थ्यो । श्रीमती सृजनाले घरैमा रगत निकालिदिइन् र शिक्षण अस्पतालमा जाँच गरायौं । बेलुकी रिर्पाेट सबै ठिकै थियो तर डी–डीमर एफडीपी र सीआरपी ३ गुणा बढेको देखियो । रिपोर्ट हेर्दा कतै आमालाई एआरडीएस (फोक्सोमा पानी जम्ने) भएर अझै गाह्रो त हुने होइन भन्ने शंका पनि लाग्यो । त्यति बेलासम्ममा आमाको आत्मबल धेरै नै कम भैसकेको थियो । उहाँ कुनैबेला आफ्नो अन्तिम क्रिया कसरी गर्ने भन्नुहुन्थ्यो त कहिले आफ्ना नजिकका आफन्तहरु भेट्न नआएकोमा भावुक हुनुहुन्थ्यो । आमाको यो अवस्था देखेर हामी अत्यन्त आत्तियौं ।

हतारिएर मेरो सम्पर्कमा रहेका फोक्सो रोग बिशेषज्ञ डाक्टरहरुलाई फोन लगाएँ र आमाको अवस्थाबारे जानकारी दिएँ । यो सुनेर धेरैले तत्काल आमालाई अस्पताल भर्ना गरी डेक्सोना, एलएमडब्लु हेपेरिन, रेम्डेसिभिरजस्ता औषधीहरु चलाउन सल्लाह दिए । त्यसैले आमालाई अस्पताल लग्ने तयारीमा जुट्यौं । आमा अस्पताल जाँदै नजाने अडान लिन थाल्नुभयो । अब यो उमेरमा करोना लागेपछि बाँचिदैन र अन्तिम सास घरमै फेर्छु पो भन्न थाल्नुभयो । केही दिन अगाडी हाम्रो पारिवारिक मित्र सिद्धी बज्राचार्यको कोरानाबाट मृत्यु भएको कुरा हाम्रो स्मृतीमा ताजै थियो ।

उहाँको स्वास्थ्य स्थिती जटिल बन्दै गएपछि आइसीयू बेडको लागि धेरै अस्पतालमा हामीले फोन लगाएका थियौ र कहिँपनि बेडको बन्दोबस्त गर्न सकेको थिएनौ । करीव २४ घण्टाको प्रयासपछि काठमाडाँै को नाम चलेको अस्पतालको आइसीयूमा भर्ना गर्न पाइएको थियो तर उहाँलाई बचाउन सकिएन । यसबाट हामीले आइसीयू बेड नपाएपनि उपचार सुरु गर्न ढिला गर्न नहुने पाठ सिकाएको थियो । अस्पताल लगेपनि कुन अस्पताल लग्ने जहाँ कोरोनाको लागि हाम्रो विश्वास योग्य चिकित्सक र नर्सहरुको सेवा प्राप्त हुनसक्ला भनि सोच्दा कुनै अस्पतालको नाम हाम्रो मस्तिष्कमा आएन ।

फेरि आमाको अवस्था आइसीयूमै भर्ना गर्नुपर्ने थियो र काठमाडौंमा आइसीयू शैय्याको चरम अभाव भएको स्थिति त्यसमाथि पनि आत्मबल त्यसै पनि कम भएकी हाम्री आमाको यो अवस्थामा कोरोना उपचारका क्रममा कोहि आफन्तलाई अस्पतालमा नदेख्दा मनोबल अझ कम हुनसक्ने देखियो । फोन थिच्ने क्रममा अन्तिममा मेरो साथी फोक्सो रोग विशेषज्ञ डा. विश्व श्रेष्ठसँग कुरा गरँे । उनले पनि आमाको तत्काल उपचार सुरुगर्नु पर्ने बताए ।

आमाको इच्छा ब्यक्त गर्दै मैले यो उपचार घरैमा सुरु गर्न सकिएला भन्ने जिज्ञासा राखे । एमबीबीएस र इन्ट्रनसीपमा संगै काम गरेकोले होला उसले तत्कालै जवाफ दिइहाल्यो ‘कोशिस गर तैले सक्नुपर्छ’ । र त्यसै अनुसारले उसले औषधीको मात्रा र दिने तरिका लेखेर पठायो । बाल रोग विशेषज्ञ श्रीमती सृजनाले पनि यत्तिको उपचार घरमा सुरु गर्ने तत्परता देखाइन् । त्यसपछि अब आमालाई तत्काललाई घरैमा कोरोनाको उपचार गर्ने निर्णय गरेँ । माहिला दाईले मेरो निर्णयको पूर्ण समर्थन गर्दै अस्पतालमा चाहिने जस्तै सामानहरु पिपिई, स्यानिटाइजर, पन्जा को व्यवस्था गर्न तिर लाग्नुभयो ।

म र श्रीमती अब कोरानाका औषधीहरु डेक्सोना, एलएमडब्लु हेपेरिन जुटाउन तिर लाग्यौ र तत्काल सुरु गर्न पनि सफल भयौं । अब हाम्रो लागि घरैमा आमाको उपचार गरी आमालाई ठिक पार्नु मुख्य उद्देश्य थियो र यस बिच हामी संक्रमणबाट जोगिनु पनि उत्तिकै जरुरी थियो । उपचारको क्रममा आमाको ब्लड सुगर बढ्दै गयो जसलाई इन्सुलिनको माध्यमबाट नियन्त्रणमा ल्याउने प्रयत्न गरियो । शरीरमा अक्सिजन बढाउन आमालाई घोप्टो पारेर सुताउन थाल्यौं । माहिला दाई र भाउजुले सुरक्षाका मापदण्ड अपनाइ खाना दिने, लुगा फेराइदिने, ट्वाइलेट लैजाने जस्ता स्याहारसुसार गर्नुभयो ।

४८ घण्टाको उपचारपछि आमामा सुधारको संकेत देखिन थाल्यो । अक्सिजन को मात्रा वढेर ९६–९७५ आउन थाल्यो । खानामा रुचि बढ्न थाल्यो । ज्वरो कम भयो । उपचारको पाँचौ दिनमा त आमाको मनपर्ने खाना मःम नै खाने इच्छा व्यक्त गर्नुभयो जुन सुनेर हामी अत्यन्त खुशी भयौं । अक्सिजन झण्डै बाह्र दिन लगाउनुपर्याे । आमालाई कोरोनाको लक्षण देखिएको चौध्रौ दिनमा (कात्र्तिक २७ गते) आमा लगायत उपचारमा संलग्न सबै परिवारका सदस्यले पिसिआर टेष्ट गरायौं जुन नेगेटिभ आयो ।

आखिर आमालाई कहाँबाट कोरोना सर्याे भन्ने प्रश्न हाम्रो मनमा सुरुबाटै थियो । आमा बाहेक परिवारका सबै सदस्यमा कोरोना नेगेटिभ आएपछि, आमा घर बाहिर कतै जानुभएको थियो कि भन्ने सोच्न थाल्यौं । ज्यादै धार्मिक आस्था राख्ने हाम्री आमाको दिनचर्या पूजाआजामै बित्छ तर ६ महिनाको बन्दाबन्दीले आमा मन्दिर पनि जान नपाएर घरमै बन्द भई बस्नुभएको थियो । घटस्थापना अघि एक महिने पुरुषोत्तम महिनामा त भगवान बिष्णूको मन्दिरमा नगई पूजा गर्न नपाएर तड्पिनु भयो ।

तर आमालाई मन्दिर जान हामी परीवारले नै रोकेका थियौं । आमा हरेक दिन आफ्नी साथी संगीहरु संगै मन्दिर जान नपाएको दुखेसो पोख्नु हुने रहेछ । यसमा आमाका साथीहरुले पनि आफुहरु त मन्दिरमा पूजाआजा गर्न गइरहेछौ भन्दा त आमाले पनि बुढानिलकण्ठमा लाख बत्ती बाली पूजा गर्ने योजना बनाउनु भयो । हामीले उहाँलाई धेरै रोक्ने प्रयास गर्याैं । तर, आमाको हठ अगाडी हाम्रो माहिला दाइको केही लागेनछ र आमालाई बुढानिलकण्ठ मन्दिरमा पूजा गर्न लग्नु भएछ ।

यो कुराको जानकारी मैले फेसबुकका फोटो हेरेर सोही दिन बेलुका मात्र थाहा पाएँ । मन्दिरमा पूजारीलाई गेट खोल्न लगाएर भित्र पसी पूजा अर्चना, बाम्हण पूजा, टीका ग्रहण र प्रसाद खानेसम्मका कार्यहरु भएछन् । सायद आमाले कोराना प्रसाद स्वरुप मन्दिरबाट ल्याउनुभयो र बाह्र दिनमा हाम्री आमा कोरानाका लक्षण देखियो । यस्तो महामारीमा पनि किन मन्दिरमा गई पूजाआजा गर्नुपर्याे भन्दा आमा र उहाँहरुको एकै जवाफ हुनेगर्छ ‘एकदिन मर्नु नै छ भने भगावनको पूजा आराधना गरी नै मर्ने’ त्यसपछि त हामी चुप बस्न बाध्य भयौँं । आज मैले आमालाई दिने जवाफ तयार गरेको छु ‘आमा र हजुर जस्तै वयोवृद्धा, कोरोनाबाट बाँच्नु नै पर्छ कोरोनाले ज्यान गयो भने त छोराहरुले हजुरलाई दागबत्ति दिन र आफ्नो हिन्दु धर्ममा आधारित अन्तिम कृया पनि गर्न पाउदैनन् ।’

आज आमाको सफल उपचार पछि सोच्दैछु घरमा उपचार गरेर सायद ठिकै गरे । दाईको घरको भौतिक बातावरण जस अन्तर्गत ट्वाइलेट जोडिएको, प्रयाप्त रुपमा हावा आवतजावत गर्ने ठूलो कोठा र बाहिर कोठा (जसमा हामीले पीपीई लगाउने, फुकाल्ने गरेका थियौं) । त्यो सायदै अस्पतालमा प्राप्त गर्न सकिन्न थियो । त्यस भन्दा पनि महत्वपूर्ण छोरा बुहारीले गर्ने स्नेहीपूर्ण तरिकाको उपचार सायदै अस्पतालमा प्राप्त हुन्न थियो । यो घटनाले हामीलाई केहि पाठ पनि सिकाएको छ । यो उपचारको दौरान हामी हात सफा गर्न, माक्स, फेस सिल्ड लगाउने र हात अनुहारमा कम लग्ने जस्ता संक्रमणबाट बच्ने तरीकालई एकदमै सजगताका साथ आफ्नो दिनचर्यामा लागु गर्ने बानी बसाल्यो ।

यो दौरान धेरै साथीभाई र आफन्तहरुले आमाको स्थिती बारे जानकारी राख्न फोन गर्नुभयो । केहिले उपचारको लागि आफ्नो अस्पतालमा बेड मिलाउन सकिने जानकारी पनि दिनुभयो । केहिले फोन मै हामीले गरेको आमाको सेवाको सरहना गर्दै हाम्रो हौसला बढाइदिनुभयो । यी र यस्तै सानातिना कुराहरु कोराना संक्रमित परिवारहरुका लागि मनोबल बढाउने कतिको फाइदा गर्दाेरहेछ भन्ने कुराको प्रत्यक्ष अनुभुति गर्ने मौका पाएँ ।

बुढाबुढी र दिर्घरोगीलाई यो रोगले बढी च्याप्ने भएकोले उनीहरुलाई बचाएर राख्नु जरुरी छ । रोगको शंका लागेमा तुरुन्त पीसीआर टेष्ट गराउनु र शरीरमा अक्सिजनको मात्र नियमित रुपमा हेर्नु जरुरी छ । अक्सिजनको कमी भएमा तुरुन्त उपचार सुरु गर्न जरुरी हुन्छ । रोगलाई प्ररास्त गर्न बिरामीको आत्मबल उच्च हुनुपर्छ जसमा पारिवारिक सहयोगले अत्यन्त ठूलो भूमिका खेल्न सक्छ । हामी जस्ता डाक्टरहरुले सकिन्छ भने घरमै आफ्नो परीवारको उपचार गरे अरुलाई अस्पतालमा बेड उपलब्ध हुन्थ्यो कि ? आखिर माहामारीमा जसरी पनि बिरामीको व्यवस्थापन गर्नै पर्याे ।

(लेखक डा. नारायणविक्रम थापा नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष हुन् ।)


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ