२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा भारतबाट कोरोना भाइरस प्रवेश गरेको सरकारी प्रतिवेदनद्वारा पुष्टि

नेपालमा भारतबाट कोरोना भाइरस प्रवेश गरेको सरकारी प्रतिवेदनद्वारा पुष्टि


काठमाडौं—नेपालमा गत ९ माघमा पहिलो कोरोना संक्रमित पुष्टि भएको थियो । त्यसयता चीनबाट आएका कुनै पनि व्यक्तिमा कोरोना पुष्टि भएन । तर, त्यसपछि युरोप, अमेरिका, साउदी अरेबिया हुँदै भारतबाट नेपाल भाइरस प्रवेश गरेको पुष्टि भएको छ ।

चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरस कोभिड—१९ नेपालमा भने भारतबाट प्रवेश गरेको सरकारी अनुसन्धानले पुष्टि गरेको हो । कोरोना संक्रमितको मृत्यु र संक्रमणदर बढ्न थालेपछि सरकारले गत असार र साउनका बिभिन्न १५ वटा नमुनामा केन्द्रित रहेर अध्ययन अनुसन्धान गरेको थियो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले नेपालमा पहिलो पटक कोभिड—१९ को आनुवांशिक अध्ययन गरेको हो । सो अध्ययनबाट नेपालमा कोरोना भाइरस चीनबाट नभएर भारतबाट आएको देखिएको छ । नेपाल स्वासथ्य अनुसन्धान परिषद्का अनुसन्धानकर्ता डा. मेघनाथ धिमालका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, नेपाल कोरिया मैत्री अस्पताल ठिमी र काठमाडौं विश्वविद्यालय धुलिखेल अस्पतालबाट संक्रमितको नमुना लिएर अध्ययन गरिएको हो ।

डा. धिमालका अनुसार विभिन्न देशबाट आएका १५ जना नागरिकहरुको नमुना लिएर आनुवांशिक अध्ययन गरिएको थियो । हिमाल, पहाड र तराईलाई समेटेर वैज्ञानिक अध्ययन गरिएको थियो । उनकाअनुसार रौतहट, सर्लाही, कपिलवस्तु, रोल्पा, बाग्लुङ, दोलखा, काभ्रे, धुलिखेल, भक्तपुर र काठमाडौंका संक्रमितको नमुना लिएर अध्ययन गरिएको हो । भारतबाट खुलेआम नेपाल प्रवेश गरेपछि कोरोना समुदायस्तरसम्म फैलिएको थियो । नेपालमा पहिलो पटक कोभिड—१९ को आनुवांशिक अध्ययन गरेकाले त्यसको पुनः परीक्षणका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को हङकङ प्रयोगशालामा समेत नमुना पठाइएको थियो ।

नेपालमा कोभिड—१९ को जोखिम बढ्नुको मुख्य कारणमध्ये यस भाइरसको आनुवांशिक परिवर्तन पनि एक मानिन्छ । तसर्थ, नेपाली समुदायमा कोभिड—१९ बाट संक्रमित बिरामीहरुबाट संकलन गरिएको नमुनामा कोभिड—१९ को आनुवांशिक विविधता पत्ता लगाउन यस अनुसन्धान गरिएको थियो ।

अनुसन्धानको रिपोर्ट

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुरोधमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदबाट नेपालमै पहिलो पटक SARS-CoV-2( कोभिड -१९ )भाईरसको आनुवांशिक अध्ययन सम्पन्न भएको छ । यस अनुसन्धानले नेपालमा पनि आनुवांशिक अध्ययन तथा अनुसन्धान गर्नको लागि आवश्यक संरचना तथा योग्य मानव स्रोत साधन प्रयाप्त रहेको प्रमाणित गर्दछ साथै आगामी दिनहरुमा पनि यस परिषद यस्तो किसिमको अनुसन्धान गर्न र गराउन ईच्छुक रहेको व्यहोरा जानकारी गराउँदै SARS-CoV-2भाईरसको आनुवांशिक अध्ययनबाट प्राप्त नतिजाहरुलाई निम्न लिखित बुँदाहरुमा संक्षिप्त रुपमा प्रस्तुत गरिएको छ ।

पृष्ठभूमि
लक्षण सहितका कोभिड १९ को संक्रमण नेपालमा बढ्दो क्रममा छ । नेपालमा कोविड १९ को जोखिम ( संक्रमण दर तथा लक्षण सहितका बिरामी ) बढ्नुको मुख्य कारण मध्ये यस भाईरसको आनुवांशिक परिवर्तन पनि एक मानिन्छ तसर्थ नेपाली समुदायमा कोविड १९ बाट संक्रमित विरामीहरुबाट संकलन गरिएको नमुनामा SARS-CoV-2भाईरसको आनुवांशिक बिबिधता पत्ता लगाउन यस अनुसन्धानको मुख्य उद्देश्य थियो ।

विधी
यस अध्ययनको लागि कोभिड १९ परिक्षण गर्ने ३ वटा प्रयोगशाला ( राष्ट्रीय जनस्वास्थ्य प्रयोगशाला, टेकु, नेपाल कोरिया मैत्री अस्पताल ठिमी, काठमाण्डौ बिश्व बिध्यालय धुलिखेलबाट असार १२ गते देखि साउन २६ गते सम्म १० वटा भिन्न भिन्न भौगोलिक जिल्ला समेटिने गरी १५ वटा SARS-CoV- 2 भाईरसको नमुना संकलन गरी illumina (MI- Seq) उपकरण प्रयोग गरी अध्ययन गरियो । त्यसबाट आएको नतिजालाई Bio-informatics tools ) र अन्य SARS-CoV-2सम्बन्धी अध्ययन गर्ने online platform प्रयोग गरी प्राप्त नतिजालाई NCBI / GISAID मा उपलब्ध भएको SARS -CoV -2 भाईरसको आनुवांशिक बनावट संग तुलना गरी Phylogenetic बिश्लेषण गरी आनुवांशिक एकरुपता तथा आनुवांशिक परिवर्तन सम्बन्धी अध्ययन गरियो ।

नतिजा
१- नेपालमा फैलिएको SARS-COV 2 भाईरसको आनुवांशिक बनावट मुख्यत: भारत बंगलादेश, साउदीअरेविया, युरोप र अमेरिकामा पाईएका भाईरस संग मिल्दोजुल्दो पाईयो ।

२- SARS-CoV-2भाईरसको आनुवंशिक अध्ययन गर्ने online software ( GISAID, Pangolin, Next Strain ) को अनुसार GH र GR clade र Nextstrainनामाकरण अनुसार 20 A र 20 B clade समुहमा पर्दछ । यी समुहमा पर्ने SARS – CoV 2 भाईरसहरु मध्ये गत फागुन देखी संसारभर फैलिएको देखियो ।

३- चिनबाट उत्पत्ति भएको SARS-CoV-2भाईरसको आनुवंशिक बनाबटलाई आधार मानेर नेपालमा पाईएको SARS-CoV-2भाईरसको आनुवंशिक बनावट तुलना गर्दा, संरचनात्मक र गैर-संरचनात्मक दुबै प्रकारका प्रोटीनहरुमा परिवर्तन पाईयो । जसमध्ये संरचनात्मक प्रोटीनहरुमा Spike र Nucleocapsidप्रोटीनमा परिवर्तन भएको देखियो जसको मुख्य भूमिका भाईरसलाई शरीरको कोष भित्र प्रबेश गराउनु हो । यसै गरी गैर-संरचनात्मक प्रोटिनहरु मध्ये nsp2, nsp3 र nsp12 ( RNA dependent RNA Polymerase-RDRP ) Gene हरुमा परिवर्तन पाईयो । यी प्रोटीनहरुको मुख्य भूमिका भाईरसको बृद्वी विकासमा सहयोग पुर्याउनु हो ।

निष्कर्ष
नेपालमा फैलिएको SARS-CoV-2भाईरस मुख्यत भारत, बंगलादेश, साउदीअरेविया, युरोप तथा अमेरिकामा पाईएका SARS-CoV-2भाईरसको आनुवंशिक संरचना संग मिल्दोजुल्दो पाईयो, यद्यपि संरचनात्मक तथा गैर-संरचनात्मक प्रोटीनहरुको बनावटमा केही आनुवंशिक भिन्नताहरु पाईयो जसको थप बृस्तित अध्ययन गरी त्यसको औचित्य पुष्ट्याईं गर्न जरुरी छ ।

सुझावहरु
१- आनुवंशिक भिन्नताहरु अध्ययन गर्दा नियमित अन्तरालमा ( मासिक रुपमा ) SARS-CoV-2भाईरसको आनुवंशिक बनावट अध्ययन गरी कोभिड १९ निदानको लागि प्रयोग भईरहेको PCR Kit ( Primer, Prove ) हरुको आबश्यक प्रमाणीकरण गर्न जरुरी देखिन्छ ।

२- आनुवंशिक भिन्नताको आधारमा हाल विकाश भईरहेका भ्याक्सिन तथा एन्टी भाईरल औषधीहरुको प्रभावकारिता नेपालको सन्दर्भमा अति आवश्यक रहेको यस अध्ययनले देखाउँछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ