२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना भ्याक्सिन किन्न खडा गरिएको सरकारी कोरोना कोषमा २० करोड

कोरोना भ्याक्सिन किन्न खडा गरिएको सरकारी कोरोना कोषमा २० करोड


काठमाडौं—कोरोना भाइरस कोभिड—१९ विरुद्धको खोप खरिद गर्नका लागि स्थापना गरिएको कोरोना कोषमा २० करोड रुपैयाँ रकम जम्मा भएको छ । नेपालमा खोपका लागि ४८ अर्ब लाग्ने अनुमान गरिएको छ । तर, २० करोड मात्रै जम्मा भएको जनाएको छ ।

सरकारले ७२ प्रतिशत जनतालाई कोरोना विरुद्धको खोप दिने बताएको छ । पहिलो चरणमा २० प्रतिशत अर्थात साढे ९ लाखलाई खोप दिइनेछ । पहिलो चरणमा खोप लगाउनेहरु स्वास्थ्यकर्मी, वृद्धवृद्धा र प्रन्टलाइन कर्मचारी पर्ने छन् । उक्त खोप सहुलियल दरमा कोभ्याक्स सुविधाले उपलब्ध गराउने छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार खोप खरिदका लागि रकम अभाव भएको छ । एक अधिकारीले भने, ‘४८ अर्ब लाग्नेमा २० करोड मात्रै जम्मा भएको छ । फेरि सरकारले चुनाव घोषणा गरेकाले रकम जम्मा हुने अवस्था देखिएको छैन ।’ सरकारलाई चुनावका लागि ठूलो रकम आवश्यक पर्ने भएकाले खोप खरिदमा पुनः रकम अभाव हुने देखिएको अधिकारीहरु बताउँछन् ।

स्वास्थ्य मन्त्रालयले हालै अर्थ मन्त्रालय समक्ष रकम माग गरेको छ । तत्काल १ देखि ५ अर्बसम्म कोषमा जम्मा गर्न प्रस्ताव पठाएको छ । तर, स्वीकृत हुने सम्भावना ज्यादै न्यून भएको अधिकारीहरु बताउँछन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ