२०८३ असोज २८, बुधबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ अमेरिकामा १० लाखभन्दा बढी मानिसले लिए कोरोना खोपको पहिलो डोज

अमेरिकामा १० लाखभन्दा बढी मानिसले लिए कोरोना खोपको पहिलो डोज


विश्वभरमा सबैभन्दा बढी कोरोना प्रभावित बनेको संयुक्त राज्य अमेरिकामा १० लाखभन्दा बढी मानिसले कोरोना भाइरस निरोधक खोपको पहिलो डोज लिएका छन्।

यसै सन्दर्भलाई लिएर त्यहाँका रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)का निर्देशक रिकर्ट रेडफिल्डले भने, ‘अमेरिकामा १० दिन अगाडि कोरोना भ्याक्सिनको आपूर्ति र खोप अभियान प्रक्रिया शुरु भयो। अहिलेसम्म गरेर १० लाखभन्दा बढी मानिसहरुलाई पहिलो डोज दिइएको छ।’

उनले नागरिकहरुलाई जबसम्म खोप उपलब्ध हुँदैन तबसम्म मास्क लगाउने तथा सावधानी अपनाउन आग्रह गरेको बताए। अमेरिकाले फाइजर-बायोएनटेक र माडर्नाको खोप एक हफ्तासम्म मात्रै एक करोड डोज आपूर्ति गरेको छ।

-एजेन्सी


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ