२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार४९ जना संक्रमित भेन्टीलेटरमा, २६१ जनाको आइसीयुमा उपचार हुँदै

४९ जना संक्रमित भेन्टीलेटरमा, २६१ जनाको आइसीयुमा उपचार हुँदै


काठमाडौं—नेपालमा ४९ जना गम्भीर कोरोना संक्रमित भेन्टीलेटरमा उपचार गराइरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बिहिबार देशभरका विभिन्न अस्पतालहरुमा ४९ जना कोरोना संक्रमितको भेन्टीलेटरमा उपचार भइरहेको छ ।

जसमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ७ जना, लुम्बिनी प्रदेशमा ३ जना र कर्णाली प्रदेशमा २ जना, प्रदेश २ मा ३ जना र १ नंं. प्रदेशमा ४ जना कोरोना संक्रमितको भेन्टीलेटरमा उपचार भइरहेको छ ।

यस्तै, देशभर २ सय ६१ जना कोरोना संक्रमतिको विभिन्न अस्पतालमा आइसीयुमा उपचार भइरहेको छ । मन्त्रालयकाअनुसार बागमती प्रदेशमा १ सय १ जना, गण्डकी प्रदेशमा ८१ जना कोरोना संक्रमितले आइसीयुमा उपचार गराइरहेका छन् ।

यस्तै, लुम्बिनी प्रदेशमा ४५ जना, १ नं. प्रदेशमा १९ जना, २ नं. प्रदेशमा ७ जना, सुदूरपश्चिम प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना कोरोना संक्रमितको आइसीयुमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा जम्मा ३ हजार ९ सय ३३ जना संक्रमित होमआइसोलेशनमा रहेका छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ