२०८३ असोज २८, बुधबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ ४६ जना संक्रमित भेन्टीलेटरमा, २४९ जनाको आइसीयुमा उपचार हुँदै

४६ जना संक्रमित भेन्टीलेटरमा, २४९ जनाको आइसीयुमा उपचार हुँदै


काठमाडौं—नेपालमा ४६ जना गम्भीर कोरोना संक्रमित भेन्टीलेटरमा उपचार गराइरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार शुक्रबार देशभरका विभिन्न अस्पतालहरुमा ४६ जना कोरोना संक्रमितको भेन्टीलेटरमा उपचार भइरहेको छ ।

जसमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा २८ जना, गण्डकी प्रदेशमा ७ जना, लुम्बिनी प्रदेशमा २ जना र कर्णाली प्रदेशमा १ जना, प्रदेश २ मा ३ जना र १ नंं. प्रदेशमा ४ जना कोरोना संक्रमितको भेन्टीलेटरमा उपचार भइरहेको छ ।

यस्तै, देशभर २ सय ४९ जना कोरोना संक्रमतिको विभिन्न अस्पतालमा आइसीयुमा उपचार भइरहेको छ । मन्त्रालयकाअनुसार बागमती प्रदेशमा ९३ जना, गण्डकी प्रदेशमा ७८ जना कोरोना संक्रमितले आइसीयुमा उपचार गराइरहेका छन् ।

यस्तै, लुम्बिनी प्रदेशमा ४४ जना, १ नं. प्रदेशमा १६ जना, २ नं. प्रदेशमा ५ जना, सुदूरपश्चिम प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा १० जना कोरोना संक्रमितको आइसीयुमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा जम्मा ३ हजार ७ सय १० जना संक्रमित होमआइसोलेशनमा रहेका छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ