२०८३ असोज २८, बुधबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ बुटवल कोरोना अस्पतालकाे आइसीयूमा उपचाररत कोरोना संक्रमित भागे

बुटवल कोरोना अस्पतालकाे आइसीयूमा उपचाररत कोरोना संक्रमित भागे


काठमाडौं– बुटवलस्थित बुटवल कोरोना विशेष अस्थायी अस्पतालबाट एकजना कोरोना संक्रमित भागेका छन् । अस्पतालको आइसीयूमा उपचाररत ५५ वर्षीय एक पुरुष शौचालय जान्छु भन्दै अस्पतलबाट भागेका हुन् ।

बुटवल उपमहानगरपालिका–१३ का ती पुरुषमा ६ पौषमा कोरोना संक्रमण पुष्टि भएको थियो । अक्सिजनको मात्रा कम भएपछि उनलाई ८ पौषमा अस्पताल भर्ना गरी आइसीयूमा उपचार सुरु गरिएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

‘उहाँलाई अक्सिजनको कमी भयो भनेर ८ गते अस्पताल ल्याइएको थियो आज डिस्चार्ज गर्ने तयारीमा थियौं,’ उनले भने, ‘आज बिहान साढे ५ बजेतिर शौचालय जान्छु भनेर भाग्नुभएछ ।’

आइसीयूकै कपडा र चप्पल लगाएर भागेका उनको यतिबेला प्रहरीले खोजी रहेको छ । अस्पतालबाट निस्किएपछि जानकीनगरको एउटा होटलमा कफी खाएकाे र त्यहाँबाट आफन्तलाई खबर गरिदिन भनेको सूचना प्राप्त भएको डा. गौतमले जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ