२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसंक्रमणको केस घट्दै, थप ४ सय ८१ जनामा कोरोना पुष्टि

संक्रमणको केस घट्दै, थप ४ सय ८१ जनामा कोरोना पुष्टि


काठमाडौं—नेपालमा थप ४ सय ८१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ४ सय ८१ जनामा कोरोना संक्रमण देखिएको हो ।

हाल देशभर गरेर ६ हजार ४ सय ९३ सक्रिय संक्रमितको केस छ।

पछिल्ला केहि दिनयता कोरोना संक्रमण हुनेको संख्याको साथै दैनिक मृत्यु हुने संख्या घट्दै गएको छ ।

काठमाडौं उपत्यकामा आइतबार मात्र २ सय ८  जना संक्रमित थपिएका छन्।

यस्तै, पछिल्लो २४ घण्टामा ७ सय ३१ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको भएर घर फर्किनेमा २ लाख ४९ हजार ८ सय ६३ जना रहेका छन् । निको हुने दर नेपालमा ९६. ८ प्रतिशत रहेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ