काठमाडौं—नेपालमा ४०जना गम्भीर कोरोना संक्रमित भेन्टीलेटरमा उपचार गराइरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सोमबार देशभरका विभिन्न अस्पतालहरुमा ४० जना कोरोना संक्रमितको भेन्टीलेटरमा उपचार भइरहेको छ ।
जसमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा २८ जना, गण्डकी प्रदेशमा ४ जना, लुम्बिनी प्रदेशमा ८ जना र कर्णाली प्रदेशमा २ जना, प्रदेश २ मा ३ जना र १ नंं. प्रदेशमा ३ जना कोरोना संक्रमितको भेन्टीलेटरमा उपचार भइरहेको छ ।
यस्तै, देशभर २ सय २८ जना कोरोना संक्रमतिको विभिन्न अस्पतालमा आइसीयुमा उपचार भइरहेको छ । मन्त्रालयकाअनुसार बागमती प्रदेशमा ८९ जना, गण्डकी प्रदेशमा ५७ जना कोरोना संक्रमितले आइसीयुमा उपचार गराइरहेका छन् ।
यस्तै, लुम्बिनी प्रदेशमा ५६ जना, १ नं. प्रदेशमा १० जना, २ नं. प्रदेशमा४ जना, सुदूरपश्चिम प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ११ जना कोरोना संक्रमितको आइसीयुमा उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा जम्मा २ हजार ९ सय ५८ जना संक्रमित होमआइसोलेशनमा रहेका छन्।
थप ८ जना संक्रमितको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा १ हजार ८ सय ४० जना संक्रमितको मृत्यु भैसकेको छ ।