२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशचिकित्सकहरु गाउँगाउँमा

चिकित्सकहरु गाउँगाउँमा


दोलखा—दोलखाको उत्तरी क्षेत्र गौरीशंकर गाउँपालिकाको खारेमा चिकित्सकको टोली स्वास्थ्य उपचारमा पुगेका छन् । खारेको बाबेडाँडामा अपाङहरुको उपचारको लागि चरिकोट अस्पतालका चिकित्सकहरु डा. विनोद दंगाल, डा. हुल्सा पौडेल र डा. इन्द्रा भट्टराई त्यहाँ पुगेका हुन् ।

२२ घरधुरी रहेको उक्त खारे बाबेडाँडामा आधा दर्जन बालबालिहरु अपाङ रहेका छन् । सानैदेखि बोल्न नसक्ने, हात खुट्टा लुलो हुने र पूर्ण अशक्त भएर मृत्यु समेत हुन थालेको छ । यसअघि २ जना अपाङ्ग भएकै कारण मृत्यु भएको गौरीशंकर गाउँपालिका—८ का वडाअध्यक्ष रमेश खड्काले जानकारी दिए । बच्चा घरमै जन्माउनु, प्रशस्त मात्रामा आमालाई पौष्टिक आहारा नहुनु सानैमा अपाङ्ग हुनुको कारण हो ।

गौरीशंकर गाउँपालिका, वडा कार्यालय, समाजसेवी जंगबहादुर गुरुङ र सुरेश राउतको पहलमा औषधिलगायतको व्यवस्था गरेका थिए । अपाङ्गहरुलाई न्यानो कपडा र निःशुल्क उपचार गरी औषधि वितरण गरेको थियो ।

खारे वडा कार्यालयकै पहलमा निःशुल्क स्वास्थ्य शिविर समेत आयोजना गरेको छ । यस स्वास्थ्य शिविरबाट ७८ जनाले प्रत्यक्ष लाभ लिएका थिए । शिविरमा विशेष गरी पाठेघर खसेका महिलाहरुको बढी उपस्थिति रहेका थिए ।

जन्मान्तर कम, सानैमा विहे गर्ने, धेरै बच्चा जन्माउने र समयमै उपचार नगर्नाले पाठेघर खस्नेलगायतको समस्या महिलाहरुले भोग्नुपरेको जानकार डा. विनोद दंगालले जानकारी दिए । ग्रामीण तहका महिलाहरुले राम्ररी स्वास्थ्य शिक्षा नपाउनु, आइरन, क्याल्सियमको कमीको कारण स्वास्थ्य समस्या भोग्नु परेको छ ।


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ