२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ७ जना संक्रमितको मृत्यु, २५४ संक्रमित भेन्टिलेटर र आइसीयुमा

थप ७ जना संक्रमितको मृत्यु, २५४ संक्रमित भेन्टिलेटर र आइसीयुमा


काठमाडौं—नेपालमा ३७ जना गम्भीर कोरोना संक्रमित भेन्टीलेटरमा उपचार गराइरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सोमबार देशभरका विभिन्न अस्पतालहरुमा ३७ जना कोरोना संक्रमितको भेन्टीलेटरमा उपचार भइरहेको छ ।

जसमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा ५ जना, लुम्बिनी प्रदेशमा ५ जना र कर्णाली प्रदेशमा २ जना, प्रदेश २ मा २ जना र १ नंं. प्रदेशमा २ जना कोरोना संक्रमितको भेन्टीलेटरमा उपचार भइरहेको छ ।

यस्तै, देशभर २ सय १७ जना कोरोना संक्रमतिको विभिन्न अस्पतालमा आइसीयुमा उपचार भइरहेको छ । मन्त्रालयकाअनुसार बागमती प्रदेशमा ७१ जना, गण्डकी प्रदेशमा ६३ जना कोरोना संक्रमितले आइसीयुमा उपचार गराइरहेका छन् ।

यस्तै, लुम्बिनी प्रदेशमा ५४ जना, १ नं. प्रदेशमा ११जना, २ नं. प्रदेशमा ३ जना, सुदूरपश्चिम प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा १२ जना कोरोना संक्रमितको आइसीयुमा उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा जम्मा २ हजार ८ सय २३ जना संक्रमित होमआइसोलेशनमा रहेका छन्।

थप ७ जना संक्रमितको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा १ हजार ८ सय ४७ जना संक्रमितको मृत्यु भैसकेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ