२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपीसीआर परीक्षणमा निजी ल्याबको १ अर्ब ३८ करोडको विजनेश, कुन ल्याबको कति ?

पीसीआर परीक्षणमा निजी ल्याबको १ अर्ब ३८ करोडको विजनेश, कुन ल्याबको कति ?


काठमाडौं– नेपालमा पहिलो कोभिड–१९ संक्रमितको नमुनाको परीक्षणका लागि हङकङ पठाइएको थियो । पहिलो केस देखिएको ११ महिनामा नेपालमा ८१ वटा कोभिड परीक्षण गर्ने पीसीआर ल्याब तयार भैसकेका छन् । जसमा निजीतर्फ मात्रै ३५ वटा प्रयोगशाला सञ्चालित छन् ।

३५ वटा ल्याबले हालसम्म ५ लाख ५६ हजार २ सय १३ वटा स्वाबको पीसीआर परीक्षण गरेका छन् । नेपाल सरकारले तोकेको पीसीआर परीक्षणको हालको मूल्य २ हजार रुपैयाँ र निजी प्रयोगशालाले थप २० प्रतिशतसम्म लिन पाउने व्यवस्था गरेको छ । सोहीअनुसार हेल्थ आवाजले बिहीबारसम्म निजी प्रयोगशालामा भएको पीसीआर परीक्षण र सरकारले तोकेको मूल्य २ हजार ४ सयलाई आधार मानेर कुन ल्याबले यो अवधि कति रुपैयाँको विजनेश गरेर भन्ने आँकडा निकालेको छ ।

३५ वटा निजी ल्याबले पीसीआर परीक्षण गरेबापत यो अवधिमा १ अर्ब ३८ करोड २९ लाख ११ हजार २ सय रुपैयाँ बराबरको कारोबार गरेको देखिन्छ । यसमा सरकारले सुरुमा अनुमति दिएर कोभिड—१९ प्रयोगशाला सञ्चालन गरेका ल्याबहरु भने प्रति स्वाब ५ हजार ५ सय रुपैयाँका दरले परीक्षण गरेका थिए । त्यसलाई घटाएर ४ हजार हुँदै २ हजारमा झारिएको हो । नयाँ पुराना सबै ल्याबहरुलाई मध्यनजर गर्र्दै हेल्थ आवाजले २ हजार ४ सय रुपैयाँका दरले हिसाब गरेर यो अवधिमा कसले कति आम्दानी गरे भन्ने आँकडा निकालिएको छ ।

पहिलेबाट नै अनुमति परीक्षण गर्ने निजी ल्याबहरुको आम्दानी भने यो भन्दा बढी हुन जान्छ । जसमा भक्तपुरको नेपाल कोरिया ल्याब, काठमाडौं मेडिकल कलेज, स्टार अस्पताल, ह्याम्स अस्पतालका प्रयोगशाला लगायत छन् ।

यो अवधिमा सबैभन्दा धेरै आम्दानी गर्ने स्टार अस्पताल रहेको छ । सुरुबाट नै अनुमति पाएर पीसीआर परीक्षण सुरु गरेको स्टारमा हालसम्म ९४ हजार ७ सय ८३ वटा नमुना परीक्षण भएको छ । यो बापत स्टारले २२ करोड ७४ लाख ७९ हजार २ सय रुपैयाँको कारोबार गरेको छ । यद्यपि स्टारले सुरुमा ५ हजार ५ सय रुपैयाँ हुँदादेखि नै परीक्षण सुरु गरेको हुँदा यो भन्दा बढीको कारोबार भएको देखिन्छ ।

स्टारपछि सबैभन्दा बढी पीसीआर परीक्षणको कारोबार गर्ने निजी प्रयोगशालामा बिध ल्याब पर्छ । यसले हालसम्म ६६ हजार ८ सय १३ वटा पीसीआर परीक्षण गरेको छ । जसबापत बिधले १६ करोड ३ लाख ५१ हजार २ सय रुपैयाँभन्दा बढीको कारोबार गरेको छ । यस्तै, सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले ५१ हजार ४ सय ६० पीसीआर परीक्षण गरेको छ । सो बापत केएमसीले १२ करोड ३५ लाख ४ हजार रुपैयाँको कारोबार गरेको छ । यो सँगै अन्य निजी ल्याबले गरेको आम्दानी र जम्मा पीसीआर परीक्षणलाई तालिकामा प्रस्तुत गरिएको छ ।

*नेपाल सरकारले तोकेको २ हजार र निजी प्रयोगशालाले लिन पाउने थप २० प्रतिशतलाई आधार मानेर तयार पारिएको पीसीआर परीक्षण कारोबारको आँकडा


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ