२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा १६७ सहित थप ४२६ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा १६७ सहित थप ४२६ जनामा कोरोना पुष्टि


काठमाडौं—नेपालमा थप ४ सय २६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ४ सय २६ जनामा कोरोना संक्रमण देखिएको हो ।

पछिल्ला केहि दिनयता कोरोना संक्रमण हुनेको संख्याको साथै दैनिक मृत्यु हुने संख्या घट्दै गएको छ । काठमाडौं उपत्यकामा शुक्रबार मात्र १ सय ६७ जना संक्रमित थपिएका छन्।

यस्तै, पछिल्लो २४ घण्टामा ७ सय ४८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको भएर घर फर्किनेमा २ लाख ५३ हजार १ सय ७  जना रहेका छन् । निको हुने दर नेपालमा ९७ प्रतिशत रहेको छ। पछिल्लो २४ घण्टामा ५ हजार २ सय २५ वटा पीसीआर नमुना परीक्षण भएको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ