२०८१ चैत्र ९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ८ जना संक्रमितको मृत्यु, २६९ संक्रमित भेन्टिलेटर र आइसीयुमा

थप ८ जना संक्रमितको मृत्यु, २६९ संक्रमित भेन्टिलेटर र आइसीयुमा


काठमाडौं—नेपालमा ३५ जना गम्भीर कोरोना संक्रमित भेन्टीलेटरमा उपचार गराइरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सोमबार देशभरका विभिन्न अस्पतालहरुमा ३५ जना कोरोना संक्रमितको भेन्टीलेटरमा उपचार भइरहेको छ ।

जसमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १८ जना, गण्डकी प्रदेशमा ५ जना, लुम्बिनी प्रदेशमा  ६ जना र कर्णाली प्रदेशमा १ जना, प्रदेश २ मा २ जना र १ नंं. प्रदेशमा ३ जना कोरोना संक्रमितको भेन्टीलेटरमा उपचार भइरहेको छ ।

यस्तै, देशभर २ सय ३४ जना कोरोना संक्रमतिको विभिन्न अस्पतालमा आइसीयुमा उपचार भइरहेको छ । मन्त्रालयकाअनुसार बागमती प्रदेशमा  ९० जना, गण्डकी प्रदेशमा ६० जना कोरोना संक्रमितले आइसीयुमा उपचार गराइरहेका छन् ।

यस्तै, लुम्बिनी प्रदेशमा ५५ जना, १ नं. प्रदेशमा १३ जना, सुदूरपश्चिम प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा १३ जना कोरोना संक्रमितको आइसीयुमा उपचार भइरहेको छ । यस्तै, प्रदेश २ मा भने आइसीयुमा कुनै पनि संक्रमित नरहेको जानकारी छ ।

पछिल्लो २४ घण्टामा जम्मा २ हजार ८ सय ९० जना संक्रमित होमआइसोलेशनमा रहेका छन्।

थप ८ जना संक्रमितको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा १ हजार ८ सय ६४ जना संक्रमितको मृत्यु भैसकेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ