२०८१ साउन ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुख तथा अनुहारको शल्यक्रिया पुनः सुचारु

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुख तथा अनुहारको शल्यक्रिया पुनः सुचारु


काठमाडौं– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुख तथा अनुहारको शल्यक्रिया पुनः सुचारु भएको छ । लामो समयदेखि बन्द रहेको मुख तथा अनुहारको शल्यक्रिया प्रतिष्ठानमा पुनः सुचारु भएको हो ।

मुख तथा अनुहारको शल्यक्रिया जटिल र यसको उपचार खर्चिलो हुन्छ । हाल नेपालका कमै मात्र सरकारी अस्पतालमा यो सुविधा छ । त्यसैले प्रतिष्ठानले यो सेवालाई पुनः सूचारु गरेको हो । प्रतिष्ठानमा उक्त शल्यक्रिया सेवा मुख तथा अनुहार शल्यचिकित्सक डा. गणेश चौधरीको टिमले सुरु गरेको हो ।

उक्त सेवा अन्तर्गत दुर्घटना वा कुनै कारणले अनुहारको हड्डी भाँचिएकाे वा चोटपटक लागेकाे, मुख तथा अनुहारको सिस्ट वा ट्युमर पलाएकाे, अनुहारको जोर्नी दुख्ने, मुख खोल्न अप्ठेरो हुने, जोनीबाट कट–कट आवाज आउने, तालु तथा ओठ फाटेको वा चिरेको, अनुहारको हड्डी नमिलेको, घुर्ने बिरामी, बुद्धि बंगालाको शल्यक्रिया, अनुहार सुन्निएको वा संक्रमण भएको, मुख तथा अनुहारको घाउ खटिरा लगायतका समस्याको उपचार हुने अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।

यो सेवा सुरु भएसँगै गरिब, विपन्न तथा दुर्गम क्षेत्रका बिरामीले सुलभ र स्तरीय सेवा पाउने डा. आचार्य बताउँछन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ