२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदेशभर थप ४१९ जनामा कोरोना संक्रमण पुष्टि, ६ जना संक्रमितको मृत्यु

देशभर थप ४१९ जनामा कोरोना संक्रमण पुष्टि, ६ जना संक्रमितको मृत्यु


काठमाडौं– नेपालमा थप ४ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ४ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा थप १ सय ५४ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ४ सय ३८ पुगेको छ ।

पछिल्लो २४ घन्टामा ७ सय ५० जनाले कोरोना मुक्त भई डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोना मुक्त हुनेको संख्या २ लाख ५३ हजार ८ सय ५७ जना पुगेका छन् ।

आज थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा हालसम्म १ हजार ८ सय ७० जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ