२०८१ जेठ ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएचआईभी संक्रमितको अवस्थालाई ९० प्रतिशतमा झार्ने लक्ष्य अपुरै

एचआईभी संक्रमितको अवस्थालाई ९० प्रतिशतमा झार्ने लक्ष्य अपुरै


काठमाडौं—सरकारले एचआईभी संक्रमितको अवस्थालाई सन् २०२० मा ९० प्रतिशतमा झार्ने लक्ष्य लिएको थियो । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सन् २०२० मा ९०-९०-९०  प्रतिशतको लक्ष्य लिएको थियो तर उपलब्धि भने हात परेन ।

सरकारले सन् २०२० सम्म आफ्नो संक्रमण अवस्थाबारे थाहाँपाउने ९० प्रतिशतले औषधि उपचारमा पहुँच राख्ने र औषधि खाएका मध्ये ९० प्रतिशतको शरीरमा भाइरसको भार न्यून हुने लक्ष्य लिएको थियो । तर, उक्त लक्ष्यअनुसार काम नभएको अधिकारीहरुले बताएका छन् ।

सरकारले सन् २०३० सम्ममा जनस्वास्थ्य समस्याका रूपमा रहेको एचआईभी एड्स लाग्नेहरूको संख्या शून्यमा झार्ने बताए पनि सुरुवातीअवस्थादेखि योजनाअनुसार काम नहुँदा लक्ष्य पूरा नहुने देखिएको हो । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रकी निर्देशक डा. सुधा देवकोटाले सन् २०३० मा यो प्रतिशत ९५–९५–९५ मा पु¥याइने बताइन् ।

निर्देशक डा. देवकोटाले लक्ष्यअनुसार हाल काम हुन नसकेको बताइन् । सरकारको तथ्यांकअनुसार देशभर २९हजार ५०३जना एचआईभी संक्रमित भएको अनुमान गरिएको छ ।

सन् २०२० मा २९ हजार ५ सय ३ को ९० प्रतिशत अर्थात २६ हजार ८ सय ४५ पत्ता लगाउनुपर्नेमा २३ हजार १ सय ३६ जनामात्रै पत्ता लागेको केन्द्रले जनाएको छ । त्यस्तै, पत्ता लागेका मध्ये ९० प्रतिशत अर्थात २० हजार ८ सय २३ जना उपचारमा हुनुपर्नेमा हाल १८हजार ६ सय २८ जनामात्रै उपचारमा छन् । उपचार सेवा लिएका मध्ये ९० प्रतिशत अर्थात १८ हजार ६ सय २८ जनाको शरीरमा भाइरसको भार न्यून हुनुपर्नेमा १२ हजार ३ सय ५७जनामा मात्रै भाइरसको भार न्यून देखिएको छ ।

केन्द्रका सूचनाअधिकारी लोकराज पाण्डे कोभिडका कारण लक्ष्य पूरा हुननसकेको बताउँछन् । संक्रमित खोज्ने र उपचार गर्नेको प्रतिशत सन्तोषजनक देखिए पनि औषधि पछिको भाइरस भार न्यून हुनेको संख्या भने धेरै ग्याप देखिएको पाण्डेले बताए । ‘कोभिडका कारण एचआईभी संक्रमितको नमुना परीक्षण गर्ने प्रयोगशालाहरु व्यस्तभए,’ पाण्डेले भने, ‘यसले गर्दा हाम्रो लक्ष्यअनुसार काम नभएको देखिएको छ । तर, हामीलक्ष्यनजिक छौं ।’

‘भाइरस लोड परीक्षण शिक्षण अस्पताल महाराजगञ्ज, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र राष्ट्रिय जनस्वास्थ्यप्रयोगशाला टेकुलगायत उपत्यकाबाहिरका केही प्रादेशिक  प्रयोगशालामा हुन्छ । तर, कोभिडका कारणले भाइरस लोड परीक्षण हुन पाएको छैन्,’ सूचनाअधिकारी पाण्डेले भने ।

तथ्यांकअनुसार संक्रमित पुरुषको संख्या १७ हजार ७ सय ३२ र महिलाको संख्या ११हजार ७ सय ७१ जनाछ । सरकारले एचआईभी एड्स कार्यक्रम सञ्चालनका लागि ५० करोड बढी खर्च गर्दै आएको छ । उक्त बजेटबाट संक्रमितका लागि औषधि खरिद, उनीहरुको उपचार, तालिममा खर्च गरिन्छ । अधिकारीहरुका अनुसार ७५ प्रतिशत एचआईभी असुरक्षित यौन सम्पर्कको माध्यमबाट सर्ने गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ