२०८३ असोज २८, बुधबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ कम्बोडिया सरकारद्धारा नेपाललाई स्वास्थ्य सामग्री तथा उपकरण हस्तान्तरण

कम्बोडिया सरकारद्धारा नेपाललाई स्वास्थ्य सामग्री तथा उपकरण हस्तान्तरण


काठमाडौं– कम्बोडिया सरकारले नेपाल सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोभिड–१९ व्यवस्थापनका लागि कम्बोडिया सरकारले नेपाललाई सहयोग स्वरुप स्वास्थ्य सामग्री तथा उपकरणहरु हस्तान्तरण गरेको हो ।

कम्बोडिया सरकारबाट आएको प्रतिनिधीमण्डलले सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई उक्त सामग्री हस्तान्तरण गरेको हो ।

दुई वटा बिमान चार्टर गरेर ल्याइएका उक्त सामानहरुमा फेस मास्क २० लाख थान, फेब्रिक फेस मास्क १ लाख थान, एन ९५ मास्क २० हजार थान, गगल्स २० हजार थान, पीपीइ सेट २० हजार थान, इन्फ्रा टेम्प्रेचर म्यानुअल चेक ५ सय थान, फेस सिल्ड २० हजार थान, आइसीयू सहितका भेन्टिलेटर २० थान लगायतका स्वास्थ्य सामाग्री रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ