२०८१ असार ११, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा १९८ सहित थप ३३६ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा १९८ सहित थप ३३६ जनामा कोरोना पुष्टि


काठमाडौं – देशभर थप ३ सय ३६  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ३ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये काठमाडौं उपत्यकाका १  सय ९८  जना रहेका छन् । यससँगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ६८ हजार ६  सय ४३ पुगेको छ ।

पछिल्लो २४ घन्टामा २ सय २६  जना कोरोना मुक्त भइ डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार हालसम्म २ लाख ६२  हजार ८  सय ६८  जना कोरोनामुक्त भैसकेका छन् ।

बिहिबारमात्र ५ हजार ३० वटा पिसिआर परीक्षण भएको छ ।

यस्तै, पछिल्लो २४ घन्टामा ३४ जनाको भेन्टिलेटरमा र १ सय ५० जना संक्रमितको आइसीयुमा उपचार भैरहेको छ ।

थप ४ जनाको मृत्यु

मन्त्रालयले थप ४ जना संक्रमितको मृत्यु भएको जनाएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ७९ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ