२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार३१ जना कोरोना संक्रमित भेन्टिलेटर र १ सय ५४ जना आईसीयुमा

३१ जना कोरोना संक्रमित भेन्टिलेटर र १ सय ५४ जना आईसीयुमा


काठमाडौं—नेपालमा ३१ जना गम्भीर कोरोना संक्रमित बिरामीको भेन्टिलेटरमा उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रायकाअनुसार शुक्रबारसम्म ३१ जना गम्भीर कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको हो ।

मन्त्रालयकाअनुसार बागमतीमा १९ जना, गण्डकीमा ७ जना र लुम्बिनी ५ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यस्तै, देशभर १ सय ५४ जनाको कोरोना संक्रमित आईसीयुमा उपचार गराइरहेका छन् ।

गण्डकी प्रदेशमा ६९ जना, बागमती ५३ जना, लुम्बिनीमा २७ जना, सुदूरपश्चिममा २ जना, प्रदेश १ मा २ जना र कर्णाली प्रदेशमा १ जना कोरोना संक्रमितको आईसीयुमा उपचार भइरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ