२०८१ असार १२, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा १ सय ९ सहित २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा १ सय ९ सहित २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं—देशभर थप २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये काठमाडौं उपत्यकाका १ सय ९ जना रहेका छन् । यससँगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ६९ हजार १ सय ८० पुगेको छ ।

पछिल्लो २४ घन्टामा ३ सय ८६ जना कोरोना मुक्त भइ डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार हालसम्म २ लाख ६३ हजार ७ सय ३४ जना कोरोनामुक्त भैसकेका छन् ।

पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ४१ वटा पिसिआर परीक्षण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ९४ जना पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ