२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार२६ जना कोरोना संक्रमित भेन्टिलेटर र १ सय ४७ जना आईसीयुमा

२६ जना कोरोना संक्रमित भेन्टिलेटर र १ सय ४७ जना आईसीयुमा


काठमाडौं—नेपालमा २६ जना गम्भीर कोरोना संक्रमित बिरामीको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रायकाअनुसार शनिबारसम्म २६ जना गम्भीर कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको हो ।

मन्त्रालयकाअनुसार बागमतीमा १७ जना, गण्डकीमा ६ जना, र लुम्बिनी ३ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यस्तै, देशभर १ सय ४७ जनाको कोरोना संक्रमित आईसीयुमा उपचार गराइरहेका छन् ।

गण्डकी प्रदेशमा ६७ जना, बागमती ५५ जना, लुम्बिनीमा २१ जना, प्रदेश १ मा २ जना र कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिममा १ जना कोरोना संक्रमितको आईसीयुमा उपचार भइरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ