२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकाका १३३ सहित थप २७० जनामा संक्रमण पुष्टि

काठमाडौं उपत्यकाका १३३ सहित थप २७० जनामा संक्रमण पुष्टि


काठमाडौं—देशभर थप २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये काठमाडौं उपत्यकाका १ सय ३३  जना रहेका छन् । यससँगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ६९ हजार ४  सय ५० पुगेको छ ।

पछिल्लो २४ घन्टामा ४ सय ३ जना कोरोना मुक्त भइ डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार हालसम्म २ लाख ६४  हजार १  सय ३७  जना कोरोनामुक्त भैसकेका छन् ।

पछिल्लो २४ घण्टामा ४ हजार ४  सय १३ वटा पिसिआर परीक्षण भएको छ ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ