२०८१ साउन २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना खोप निर्धक्क भएर लगाउन स्वास्थ्यमन्त्री त्रिपाठीको अनुरोध

कोरोना खोप निर्धक्क भएर लगाउन स्वास्थ्यमन्त्री त्रिपाठीको अनुरोध


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले भारतको कोरोना खोप निर्धक्क भएर लगाउन अनुरोध गरेका छन्। आइतबारको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री त्रिपाठीले ‘कोभिसिल्ड’को तेश्रो चरणको ट्रायल पनि सम्पन्न भैसकेको हुँदा यो खोप निर्धक्क भएर लगाउन अनुरोध गरेका हुन्।

माघ १४ गते देश व्यापीरुपमा ७ वटै प्रदेशको ६२ वटा अस्पताल र १ सय २० भन्दा बढी खोप केन्द्रबाट खोप अभियानको सुरुवात हुने उनले बताए । पहिलो चरणमा प्राथमिकतामा रहेका लक्षित वर्गमा रहेकाहरुलाई खोप प्रदान गरी खोप अभियानको शुभारभ्म हुने उनको भनाई छ।

‘अहिले अनुदानमा आएको १० लाख कोरोनाको डोज ४ लाख २० हजार व्यक्तिलाई लगाउने लक्ष्य रहेको कार्य तीव्र रुपले बढाइएको छ।’ ,उनले भने, ‘शंका नगरे हुन्छ। पहिलो चरणको खोप सकिनु अगावै दोश्रो चरणको खेप ल्याउने कार्य अघि बढाउने छौँ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ