२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १० जना संक्रमितको मृत्यु, १९ जना भेन्टिलेटरमा

थप १० जना संक्रमितको मृत्यु, १९ जना भेन्टिलेटरमा


काठमाडौँ – देशभर गरेर थप १० जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको हो  ।

अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ११ जना पुगेको छ ।

यस्तै, सोमबार भेन्टिलेटरमा १९ जना र आइसीयुमा १ सय ३७ जना संक्रमितको उपचाररत छन् । सबैभन्दा बढी  बागमती प्रदेशमा ११ जना, गण्डकी प्रदेशमा ६ जना, लुम्बिनी प्रदेशमा २ जना संक्रमितको  भेन्टिलेटरमा उपचार भैरहेको छ ।

यता, आइसीयुमा गण्डकी प्रदेशमा ६७ जना, बागमती प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २४ जना, कर्णाली प्रदेशमा १ जना, सुदूरपश्चिम प्रदेशमा १ जना र प्रदेश १ मा २ जना संक्रमित उपचाररत छन् ।

पछिल्लो २४ घन्टामा सँस्थागत आइसोलेशनमा रहने संक्रमितको संख्या ७ सय ३६ रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ