२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २सिरहाको वरियारपट्टीमा पाँच शैय्याको कोभिड अस्थायी अस्पताल स्थापना

सिरहाको वरियारपट्टीमा पाँच शैय्याको कोभिड अस्थायी अस्पताल स्थापना


धनुषा – सिरहाको वरियारपट्टीमा गाउँपालिकामा पाँच ५ शैय्याको कोभिड–१९अस्थायी अस्पताल स्थापना भएको छ । गाउँपालिकाले संघिय सरकारले तोकेको मापदण्ड अनुसार मंगलबार कोभिड–१९अस्थायी अस्पतालको स्थापना गरिएको प्रमुख प्रशासकीय अधिकृत रन्जितजंग अधिकारीले बताए ।

अधिकृत अधिकारीका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरिका सबै स्थानीय तहमा कोभिड-१९ कोरोना भाइरस न्यूनीकरणको लागि तत्काल ५ शैय्याको सुविधा सम्पन्न अस्पताल तयारी अवस्थामा राख्न दिएको निर्देशन बमोजिम अस्पतालको स्थापना गरिएको जानकारी दिए।

मन्त्रालयले प्रत्येक अस्पताल व्यवस्थापन र तीन महिनाको लागि करारमा प्राविधिक कर्मचारी भर्ना गर्न १० लाख रकम पनि उपलब्ध गराएको छ । जसमा एउटा मेडिकल अधिकृत (एमबीबीएस), दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी समेत नियुक्त गरिसकेको बताए ।

अधिकृत अधिकारीले भने, ‘विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विरामी राख्नका लागि अस्पतालको स्थापना गरिएको छ । कोभिड संक्रमित विरामी फेला परे पालिकाले उपचार सहित अन्य सबै खर्चको व्यवस्थापन पालिकाले गर्ने छ।’


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ