२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबालुवाटारबाट कोरोना खोप अभियान सुरु गरिने, देशभर १ सय २० केन्द्रबाट खोप लगाइने

बालुवाटारबाट कोरोना खोप अभियान सुरु गरिने, देशभर १ सय २० केन्द्रबाट खोप लगाइने


काठमाडौं—नेपालमा बुधबारबाट देशव्यापी रुपमा कोरोना विरुद्धको खोप अभियानको सुरुवात हुने भएको छ। खोप अभियानको उद्घाटन प्रधानमन्त्री निवास बालुवाटारमा औपचारिक कार्यक्रममाझ गरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए।

प्रवक्ता गौतममा अनुसार भोलि हुने कार्यक्रमको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीको भिडियो सन्देशमार्फत हुनेछ। सो कार्यक्रममा स्वास्थ्यमन्त्री ह्र्दयेश त्रिपाठी र प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्तव्य राख्ने बताइएको छ। प्रत्येक प्रदेशका मुख्यमन्त्रीहरु जूमको माध्यमबाट कार्यक्रममा जोडिने छन्।

बुधबार विहान १० बजेबाट ७ वटै प्रदेशका तोकिएका अस्पतालका केन्द्रहरुबाट खोप अभियान सुरु गरिने प्रवक्ता डा. गौतमको भनाइ छ। पहिलो दिन १ सय २० वटा केन्द्रबाट खोप लगाइने बताइएको छ। गौतमका अनुसार १८ गतेसम्म सबै स्थानमा खोप पुग्नेछ। पहिलो चरणको खोप सुरुमा स्वास्थ्यकर्मी, सरसफाईकर्मीलाई लगाइने छ भने खोप अभियानको व्यवस्थापन स्थानीय तहले सहयोग गर्नेछन्।

खोपबाट हुनसक्ने साइड-इफेक्टको बारेमा बताउँदै प्रवक्ता गौतमले भने, ‘१ प्रतिशत व्यक्तिमा एलर्जीको समस्या देखिन सक्छ। केहीलाई ज्वरो र श्वासप्रश्वासमा समस्या देखिने सम्भावना पनि हुनसक्छ ।’

यस्तै, उनले दोस्रो खोप पहिलो चरणमा लगाएको २८ दिनपछि लगाइने बताए। गत बिहिबार भारतबाट अनुदानमा कोभिसिल्ड खोपको १० लाख डोज नेपाल आइपुगेको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ