२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदेशभर गरेर ३०३ जनामा कोरोना पुष्टि, थप ६ जनाको मृत्यु

देशभर गरेर ३०३ जनामा कोरोना पुष्टि, थप ६ जनाको मृत्यु


काठमाडौं—देशभर थप ३ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ३ सय ३  जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये काठमाडौं उपत्यकाका १ सय ७२  जना रहेका छन् । यससँगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ७०  हजार ९२ पुगेको छ ।

आज सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ५२ रहेको छ ।

पछिल्लो २४ घन्टामा २ सय ८५ जना कोरोना मुक्त भइ डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार हालसम्म २ लाख ५२ हजार ६ सय ८७  जना संक्रमित कोरोनामुक्त भैसकेका छन् ।

पछिल्लो २४ घण्टामा ४ हजार ५  सय ७४  वटा पिसिआर परीक्षण भएको छ ।

त्यस्तै, मंगलबार थप ६ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या २ हजार १७ पुगेको छ ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ