२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभेन्टिलेटर र आइसीयुमा पुग्ने कोरोना संक्रमित ह्वात्तै बढे

भेन्टिलेटर र आइसीयुमा पुग्ने कोरोना संक्रमित ह्वात्तै बढे


काठमाडौँ – देशभर भेन्टिलेटर र आइसीयुमा संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आइसीयुमा ७ सय ४९  जना र १ सय ३९ जना संक्रमितको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

सोमबार भेन्टिलेटरमा १९ जना मात्रै रहेकोमा मंगलबार बढेर १ सय ३९ जना पुगेको छ भने आइसीयुमा ७ सय ४९  जना संक्रमित उपचाररत छन् ।

आइसीयु र भेन्टिलेटरमा उपचाररत मध्ये सबैभन्दा बढी गण्डकी प्रदेशमा ६२ जना, बागमती प्रदेशमा ४४ जना, लुम्बिनी प्रदेशमा २७ जना, कर्णालीमा र सुदूरपश्चिममा १/१ जना र प्रदेश १ मा ४ जना संक्रमितको  भेन्टिलेटरमा उपचार भैरहेको छ ।

यता, आइसीयुमा बागमती प्रदेशमा ४ सय ११ जना, गण्डकी प्रदेशमा २८ जना, लुम्बिनी प्रदेशमा १ सय ९२ जना, कर्णाली प्रदेशमा६  जना, सुदूरपश्चिम प्रदेशमा ९७  जना र प्रदेश १ मा १४  जना संक्रमितको  उपचार भैरहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा सँस्थागत आइसोलेशनमा रहने संक्रमितको संख्या २ हजार ५  सय ३ रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ