२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २साइड-इफेक्ट नहुने सन्देश दिँदै कानुनमन्त्री यादवले आफै खोप लगाएर गरे अभियानको सुरुवात

साइड-इफेक्ट नहुने सन्देश दिँदै कानुनमन्त्री यादवले आफै खोप लगाएर गरे अभियानको सुरुवात


धनुषा –  प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले जनकपुरधाममा पहिलो खोप लगाएका छन् ।
प्रादेशिक अस्पताल जनकपुरमा बुधबार आयोजित एक समारोहबीच मन्त्री यादवले खोप लगाएर प्रदेशमा अभियानको सुरूवात गरेका हुन् ।

मन्त्री यादव पहिलो चरणको खोप अभियानको लक्षित समूहभन्दा बाहिरका खोप लगाउने पहिलो व्यक्ति हुन । मन्त्री यादवले भने,  ‘सरकारले लगाउन लागेको खोपको कुनै साइड-इफेक्ट नगर्ने सन्देश दिन पनि आफैबाट खोप अभियान सुरूवात गरेको हुँ ।

उनका अनुसार आजदेखि प्रदेश २ को वीरगञ्ज र राजविराजमा समेत खोप लगाउन सुरु गरिएको छ ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ