२०८० मंसीर १९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारखोप लगाए पनि स्वास्थ्य सुरक्षा अपनाउन राष्ट्रपति भण्डारीको आह्वान

खोप लगाए पनि स्वास्थ्य सुरक्षा अपनाउन राष्ट्रपति भण्डारीको आह्वान


काठमाडौँ – राष्ट्रपति विद्या देवी भण्डारीले खोप लगाए पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरेकी छिन्।  बुधबार आयोजित खोप अभियान समारोहमा सन्देशमार्फत उनले खोप लगाएपनि सुरक्षाको मापदण्डलाई पालना गर्नुपर्ने बताएकी हुन्।

उनले सन्देशमा भनेकी छिन्, ‘खोप लगाएपछि अनिवार्य मास्कको प्रयोग गर्न, २ मिटरको दुरी पालना गर्न, साबुनपानीले हात धुन र स्यानिटाइजरको प्रयोग गरेर कोरोना रोकथाम तथा नियन्त्रणमा योगदान पुर्याउन आह्वान गर्दछु।’

यसको साथै उनले विश्वमा खोप लगाउन सुरु भएको डेढ महिनाभित्रै नेपालमा खोप अभियान सुरु भएकोमा हर्ष लागेको बताएकी छिन् । साथै उनले महामारीको समयमा अंग्रपंक्तिमा खटिएका कर्मचारीलाई धन्यवाद व्यक्त गरेकी छिन्।

विश्वभर फैलिएको महामारीका कारणा लाखौँले ज्यान गुमाएको र करौडौँ प्रभावित रहेको र यसबाट नेपाल पनि अछुताे रहन नसेको सन्देशमा उल्लेख छ। यस समयमा खोप अनुसन्धान गर्ने र विकास गर्ने सम्पूर्ण वैज्ञानिकहरुलाई नेपालको तर्फबाट समेत उनले धन्यवाद दिएकी छिन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ