२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौँ उपत्यकामा १४५ सहित थप २८३ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

काठमाडौँ उपत्यकामा १४५ सहित थप २८३ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु


काठमाडौँ – थप २ सय ८३ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ सय ८३ जनामा संक्रमण पुष्टि भएको हो।

बुधबार काठमाडौँ उपत्यकामा १ सय ४५ जनामा संक्रमित थपिएका छन्। हालसम्म २ लाख ७० हजार ३ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप २ सय ४३ जनामा  संक्रमित निको भएका छन् । यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६५ हजार ६९ जना पुगेको छ ।

थप ३ जनाको मृत्यु

थप ३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार २० पुगेको छ ।

यस्तै, हाल २३ जनाको भेन्टिलेटरमा र १ सय ३९ जना संक्रमितको आइसीयुमा उपचार भैरहेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ