२०८१ असार १, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौँ उपत्यकामा १२३ सहित थप २१३ जनामा संक्रमण पुष्टि

काठमाडौँ उपत्यकामा १२३ सहित थप २१३ जनामा संक्रमण पुष्टि


काठमाडौँ – थप २ सय १३ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ सय १३ जनामा संक्रमण पुष्टि भएको हो।

बिहिबार काठमाडौँ उपत्यकामा १ सय २३ जनामा संक्रमित थपिएका छन्। हालसम्म २ लाख ७० हजार ५ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप २ सय ९६ जनामा  संक्रमित निको भएका छन् । यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६५ हजार ३ सय ६५ जना पुगेको छ ।

यस्तै, आज कोरोनाबाट ज्यान गुमाउनेको संख्या शून्य रहेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ