काठमाडौँ – बारबरा फाउन्डेसनले यस वर्षको ‘खोज पत्रकारिता पुरस्कार’बाट दुई स्वास्थ्य पत्रकार सहित ३ जनालाई सम्मान गरेको छ। शुक्रबार कोभिड-१९को विषयमा निरन्तर उत्कृष्ट पत्रकारिता गर्ने पत्रकारिताका सबै विधालाई समेट्ने गरी ३ जना पत्रकार र १ संस्थालाई बारबराले सम्मान गरेको हो।
सम्मानित हुनेमा कान्तिपुर दैनिककी फातिमा बानु, अनलाइनखबरका सागर बुढाथोकी र देशसंचारमा कार्यरत फोटो पत्रकार वर्षा शाह रहेका छन्। उनीहरुलाई बारबराले ५० हजार १ रुपैयाँको पुरस्कार राशीले सम्मान गरेको हो।
कोभिड-१९ विशिष्ट सम्मानका लागि निर्णायक समितिमा पत्रकारितातर्फबाट देश संचारका डटकमका प्रधान सम्पादक युवराज घिमिरे, डटकमका सुधिर शर्मा, कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधिर शर्मा र एपी १का प्रधानसम्पादक टिकाराम यात्री रहेका थिए।
यस्तै, स्वास्थ्य क्षेत्र तर्फबाट नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा. भगवान कोइराला, नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, नेपाल नर्सिङ काउन्सिलकी अध्यक्ष प्रा. गोमादेवी निरौला र मिडवाइफरी सोसाइटी अफ नेपालकी अध्यक्ष डा. लक्ष्मी तामाङ निर्णायक समितिमा थिए ।